भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ४० केस लिङ्क केसहरु रहेका छन् भने १० मिस्ट्री केसको अनुसन्धान भइरहेको छ।
सोहि अवधि भर ४८ हजार ४ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ५२२ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९१ लाख ३६ हजार २२ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार २ सय १२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ हजार ८ सय १० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २१ लाख ८७ हजार ६ सय ५६ पुगेको छ ।