अस्ट्रेलीयाको क्विन्सल्याण्ड राज्यमा गत आइतबार बिधीपूर्वक जनै पूर्णीमा मनाइएको छ। क्विन्स्ल्याण्ड नेपाली साँस्कृतीक केन्द्रको बहु साँस्कृतीक परियोजना अन्तर्गत दुई वर्ष अगाडी ब्रिसबेन ल्याइएको शिवलिङ्ग स्थानिय नारायण पन्थीको निवासमा खडा गरिएको छ। सोही शिवलिङ्गमा पशुपतीनाथको झल्को आउने गरि छाना छाउने, गजुर, घण्टी राख्ने र मन्दीरको झल्को आउने गरि प्रवेशद्वारमा सुँड सहितका दुईवटा हात्ती राखेर मन्दिरको स्वरुप दिइएको छ।
पण्डित तुलसीराम डुम्रेबाट आइतबार बिधीपुर्वक रुद्री पुजा सहित योग्य पवित्र जन्तर मन्तर गरेर यसको उद्घाटन गरिएको छ।जनै पुर्णीमाको अवसर पनि भएकोले जनै र धागो बान्न आउनेको बाक्लै उपस्थिती रहेको थियो।
क्विन्स्ल्याण्ड नेपाली साँस्कृतीक केन्द्रले सङ्कल्प गरेको पशुपतीनाथ र स्वयम्भु सहितको मन्दिरको निर्माण नभए सम्मको लागि हाललाई स्थानिय नारायण पन्थीको घरको प्राङ्गणमा राखेर पुजाअर्चना गरिने र केन्द्रको निर्माण पछि शिवलिङ्गलाई त्यहाँ लगिने जनाइएको छ।
हाललाई निजी स्वामित्वमा रहेको ठाउँमा मन्दिर रहेता पनि यहाँ आएर पुजाआजा गर्न कसैलाई रोकटोक नरहेको र स्वत: स्फुर्तरुपमा आएर शिवलिङमा जल चडाउने, पुजापाठ गर्न नारायण पन्थीले सबैलाई अनुरोध गर्नु भएको छ।
यस्ता कार्यले एकातिर प्रवासमा बढ्दै गरेको नेपाली समुदाएलाई आफ्नो धर्म सँस्कृती प्रतीको आस्थालाई अझ प्रगाढ बनाउँदै धार्मीक सहिष्णुता र एकतामा बाँध्ने काममा थप मद्दत गर्दछ भने अर्कोतिर प्रवासमा जन्मेर हुर्किदै गरेको दोश्रो पुस्तालाई नेपाली कला, सँस्कृती, भाषा र धर्मको बारे जानकारी दिन सजिलो हुनेछ।