eNepal

आज गाईजात्रा, यस्तो छ ईतिहास, व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित

नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ। नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाइजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन ।

नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

यस दिन गाईलाई लिएर यात्रामा अगाडि बढ्दा गाईको सिंहले घच्याडी दिएपछि बन्द रहेको स्वर्गद्वार खुल्छ र मृतककोले स्वर्ग को सुख प्राप्ति गर्छ भन्ने जनविश्वास रहेको पाइन्छ। गाई बनेर नगरपरिक्रमा गर्दै हिँड्दा गाई बन्नेलाई मर्ने मान्छे घरका परिवारहरुले विभिन्न खाद्य परिकार हरु दानदक्षिणा दिने गर्दछ्न।

गाईजात्राको इतिहास

मल्लकालीन नेपालका राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्रको नाबालक अवस्थामै मृत्यु हुँदा आफ्नी रानीलाई सम्झाउन निक्कै मुश्किल भयो । यस्तो शोक धेरै नेपालीले सहेका छन् भनी देखाउन उनले मृत्यु पीडा भोगेका परिवारलाई दरबारमा बोलाए । पछि जनताले मृतकको नाममा मान्छेलाई गाई बनाएर बाजागाजा र ख्याली बजाउँदै चित्रविचित्रका अनुहार भएका मान्छेहरूको गाइजात्रा लिई दरबारमा पुगे । त्यो सबै शोकमा डुबेकी रानीले देखिन् र एक्कासि हाँस्न थालिन् । त्यसपछि राजाले रानीको शोक मेटाउन मद्दत गरेको भनी जनतालाई इनाम दिए । त्यसपछि हरेक वर्ष गाइजात्रा पर्व मनाउन थालियो ।

के हुन्छ गाईजात्रामा ? 

काठमाडौंको हनुमान ढोकाको आगनमा गाईजात्राको शोभायात्रा पुर्‍याई हाजिरी जनाएपछि मात्र आ–आफ्ना गाई र जोगी भेषभूषामा सजिएका किशोर र दर्शकहरू नगर परिक्रमा गरी आफ्नो घरमा फर्कने गर्दछन् । यो पर्व नेवार समुदाले मान्ने हुँदा नेवार वस्ती भएका गाउँ र नगरमा पनि छुट्टा छुट्टै किसिमले मनाएको देखिन्छ ।

ललितपुरका नेवारहरू पाटनदरबारमा पुगेर नगरपरिक्रमा गर्दछन् भने भक्तपुरका नेवारहरू भक्तपुरको दरबारमा पुगेर शोभायात्रा अघि बढाउँछन् । देशका विभिन्न क्षेत्रमा मनाइने यो गाईजात्रा हेर्दा सम्पन्न र सामान्य परिवारले आफ्नो गच्छे अनुसार मनाएको देखिन्छ । सामान्य परिवारले बाँसको पेरुङ्गोमा गाईको तस्वीर वा शिर राखी अनेक कपडा र गहनाले सिंगारी नगर टोल घुमाउने गरेको देखिन्छ ।

गाईजात्रा पर्व धार्मिक, सांस्कृतिक मान्यतामा आधारित संस्कृति हो । कतिपय ठाउँमा घरका मुख्य मान्छे जात्रामा जान्छन् । यो गाईजात्रा मनाउँदै गर्दा कतिपय ठाउँमा देवतालाई बली दिने र पारिवारिक भोजको आयोजना गर्ने गरिन्छ । विशेष गरी शोभायात्रा सकेर घर फर्केपछि विवाहिता छोरीले गाईको गोडा धोई त्यस गाईको पुच्छर बनाएको कपडा तानी पानीमा भिजाएर सबैलाई जल छर्कने प्रचलन रहेको छ ।

गाई नै वा गाईको रूपमा सजिएका किशोर युवाहरू अत्यन्त अनुशासित र संयमका साथ नगर परिक्रमामा निस्कन्छन् । जुन घरमा मृत्यु शोक परेको छ ती ती घरबाट गाईजात्रा निकाल्ने चलन छ । टोलबाट निकालिएको गाईलाई अन्य परिवारका सदस्यले बाटो बाटोमा भेटी मिठाई, फलफूल र पैसा चढाई पितृ आत्माको जय होस् भन्ने गरिन्छ ।

गाईजात्रा नाच आठ दिनसम्म मनाइन्छ । पछिल्ला दिनमा सरकार र संघसंस्थाहरूले पनि आ– आफ्नो किसिमले गाईजात्रालाई एक उत्सवका रूपमा मनाउँदै आएको पाइन्छ ।

गाईजात्राको सकारत्मक पाटो

१: यस पर्वले राजा वा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले आफूले गरेका गल्तीको बारेमा जनतालाई बोल्नसम्म दिँदैनन् तर यो दिनमाचाहि जनताले मन खोलेर सत्य बोल्न पाउने छन् भन्ने परम्परा बसेकाले शासकका कमी कमजोरी पहिल्याउने पर्वको रूपमा गाईजात्रा देखापर्छ ।

२. यस पर्वले सामाजिक वा शासकका विथितिका विरुद्धमा व्यङ्ग्य गरी समाजलाई ज्ञान र मनोरञ्जन दिँदै आएको छ ।

३. वर्तमान युगका विसङ्गति केलाउने साहित्यले पनि कथा, कविता, नाटक गीत, गजलबाट गाईजात्रा पर्न मनाउने गरेको पाइन्छ ।

४. चित्रकारले चित्रबाट पत्रकारले पत्रबाट विकृति र विसङ्गतिका बारेमा बोल्न र लेख्न पाउने विशेष पर्वका रूपमा गाईजात्रा मानिँदै आएको देखिन्छ ।

५. शासकले वा उद्यमीले आफ्नो अनुहार ऐनामा हेरे पनि म कस्तो छु के गरेको छु भन्ने वास्तविक चरित्रको ऐना हेर्न नसक्ने हुँदा जनताले पनि वास्तविक तथ्य देखाई झटारो वा व्यङ्ग्यले हँसाउने पर्व हो गाईजात्रा ।

६. दुःखी, गरीब, अनाथ जनताले आफ्नो पीडा कसैलाई भन्न सुनाउन नपाएको सन्दर्भमा उनीहरूलाई यो पर्वले एकदिन बोल्ने आँट दिएको देखिन्छ ।

७. जसरी शोकमा डुबेकी रानीले जनताको पीडा देखेर मन शान्त पारेकी थिइन्, ठीक त्यसरी नै जनताको प्रतिक्रिया वा अभिव्यक्ति पढेर सुनेर सरकारले पनि आफूलाई सुधार्ने भनेका पाउँछ, त्यसकारणले गाईजात्रा एक हाँसोको पर्वभन्दा आवश्यक पर्व बन्न पुगेको छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349