eNepal

एनआरएनए महासचिवमा यूकेबाट विनय अधिकारीको उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । 

संस्थामा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न, संस्थाभित्र रहेको सिण्डिकेटलाई तोड्दै विश्वभरिका सबै गैर आवासीय नेपालीहरुको साझा संस्था बनाउन आफुले उमेद्धवारी दिएको अधिकारीले बताए ।

गैर आवासीय नेपाली संघका कतिपय मुद्धाहरु ओझेलमा परेको बताउँदै अधिकारीले एनआरएनएका प्रमुख मुद्धाको रुपमा रहेको गैर आवासीय नेपाली नागरिकताको विषयलाई कार्यान्वयन गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

संविधानमा गैर आवासीय नेपाली नागरिकताको विषय समावेश गरिदा पनि लामो समयदेखि ऐन बन्न नसक्दा गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन नुहुनु चिन्ताको विषय भएको र त्यसमा अनेक शंका उत्पन्न भएकाले ती विषयलाई जोडदार रुपमा उठाउन आफु प्रतिबद्ध रहेको अधिकारीले स्पष्ट पारे ।

त्यस्तै, उनले मध्यपूर्वका श्रमीकहरुका मुद्धालाई सशक्त ढंगले उठाउँदै वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउनका लागि पनि आफू लागिपर्ने धारणा राखे ।

सरकार र एनआरएनएको संयुक्त लगानीमा नेपालमा गर्न लागिएको १० अर्ब फ्रन्टलाई ५० औ अर्व सम्म पुर्याउन आवश्यक भएकोमा जोड दिर्दै फ्रन्टको माध्यमबाट नेपालको आर्थिक सम्मृद्धि गर्न लागिपर्ने आफ्नो योजना रहेको उनले बताए ।

बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष समेत छन् । एनआरएनएन नवौ महाधिवेशनमा कुनै गुट उपगुटमा नलगाीकन स्वतन्त्र रुपमा उम्मेदवार भएर अधिकारीले लोकप्रिय मत ल्याएर उपविजेता बनेका थिए ।

उनको मतलाई अग्रजहरु एनआरएनएका पूर्व अध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट, शेष घले धर्मपत्नी जमुना गुरुगं, कुमार पन्त लगायत विभिन्न तह तप्काका ब्यक्तीहरुले समेत प्रशंसा गरेका थिए ।

आइटी ब्यवसायी समेत रहेका अधिकारीको नेपालमा शिक्षा, स्वास्थ्य र हाइड्रो क्षेत्रमा लगानी छ । विशेष गरि कलेज क्षेत्रमा धेरै लगानी गरेका छन् । अधिकारी आर्थिक हिसावले समेत सफल ब्यवसायीको रुपमा चिनिन्छन् ।

सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दामा सचेत सँगै वकालतमा अगाडी छन् ।

डेढ दशकदेखि प्रवासमा रही विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले एनआरएनए युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् ।

गैर आवासीय नेपालीका समस्या तथा वीरता र साहशको पर्यायका रुपमा विश्वविख्यात ब्रिटिश भूपू गोर्खा सैनिकले ब्यहोर्नु परेको पीडाबारे आफ्नो कार्यकालमा निरन्तर आवाज उठाउदै आएका अधिकारी विश्वभर रहेका नेपाली र उनीहरुले भोग्नुपरेका समस्या र कठिनाईबारे पनि जानकार रहेको बताउँछन् । उनी सन २०१३ बाट एनआरएनए अभियानमा होमीएर सन २०१७–१९ सम्म एनआरएनए युकेमा उपमहासचिव पदमा रहेका थिए ।

डेढ दशक लामो प्रवास बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी पत्रकारितासँगै सामाजिक अभियन्ता पनि हुन् ।

उनी सन २०१५ देखि ग्लोबल गोरखा समाजमा आवद्ध छन् । हाल अध्यक्ष रहेका अधिकारीले कोभिड १९ को महामारीमा नेपाल र गोरखाका लागि पनि महत्वपूर्ण काम गरेका छन् ।

गोरखा जिल्लामा अधिकारीको नेतृत्वमा ग्लोबल गोरखा समाजले १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरेको थियो । जसमा करोडौं वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, चितवनको चेपागं बस्तीमा पनि अधिकारीको नेतृत्वमा बेलायतबाट रकम संकलन गरि कोरोनाको कारण भोकमरीको अवस्थामा रहेका चेपाग बस्तीलाई लाखौ रकम वरावरको राहत सामाग्री वितरण गरिएको थियो ।

गैर आवासीय नेपालीको नागरिकता, गैर आवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे बेलायतमा सम्पन्न महत्वपूर्ण कार्यक्रमको कुशल संयोजन गरेका अधिकारी नेतृत्व क्षमतामा पनि अब्बल मानिन्छन् ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349