eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हिजो घोषणा गरिएको शेपार्टन क्षेत्रको २१ केसहरु पनि यो घटनासँग जोडीएका केसहरु हुन्।

सोहि अवधि भर ४४ हजार १ सय ४७ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ४४० रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९० लाख ४५ हजार ४ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार १ सय ८९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २६ हजार १ सय ४९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २१ लाख ३५ हजार ३ सय ९६ पुगेको छ ।

राज्यका ग्रामीण क्षेत्रमा पनि उल्लेख्य सङ्ख्यामा कोभीड सङ्क्रमण भेटिए पछि  हिजो दिउँसो १ बजेदेखि भिक्टोरियाको रिजनल क्षेत्रमा लकडाउन सुरु भएको छ भने शनिवार मेलबर्नमा लकडाउनको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरूलाई पक्राउ गरीएको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349