भिक्टोरिया, अस्ट्रेलिया । न्युसाउथवेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ|
सिड्नीको हन्सबी कुरीन्गाई अस्पताल नर्दन सिड्नीका ९० वर्ष र ८० वर्ष उमेर समुहका दुई पुरुषको मृत्यु भएको छ भने साउथ वेस्ट सिड्नीका ९० वर्ष उमेर समुहकी एक महिलाको लिभरपूल अस्पतालमा निधन भएको छ।
नयाँ केसहरु मध्ये १४९ केसहरु क्लस्चरसँग जोडीएका छन्। ११६ केसहरु घरेलु सम्पर्क र ३३ नजिकको सम्पर्कसँग जोडीएको छ।५१६ जना अस्पतालको शैयामा छन् ८५ जना आइसियुमा रहेकै छन्।
सोहि अवधि भर १ लाख २४ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्ममा १ करोड १५ लाख ९६ हजार ९ सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५० हजार २ सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५७ लाख ४२ हजार २ सय ११ पुगेको छ ।
न्यू साउथ वेल्स राज्यमा लकडाउनको अवधिलाई एक महिना थप गरिएको छ ।