भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य २२ केस संक्रामक अवधि भर क्वारेन्टाइनमा रहेका छन् भने ४८ केस लिङ्क केसहरु रहेका छन्।
सोहि अवधि भर ४५ हजार ६ सय ७० जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ३८९ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८९ लाख ९९ हजार ७ सय ५९ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार १ सय ५९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ हजार ५ सय ३९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २१ लाख ९ हजार १ सय ५ पुगेको छ ।