eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य २५ केस संक्रामक अवधि भर क्वारेन्टाइनमा रहेका छन् भने ३० केस समुदाए स्तरबाट रहेको छ। दुई केस भने होटल क्वारेन्टाईनसँग जोडिएका छन्।५५ केस स्थानिय स्तरसँग जोडीएका छन्। 

भिक्टोरियामा ५३० भन्दा बढी जोखिम साइटहरुमा परेका छन् भने बिहीबार साँझ नयाँ साइटहरुमा यसबर्टन, उत्तर अल्टोना र न्यूपोर्ट  थपिएको छ।मिस्ट्री केसमा तीन अनलिंक केसहरु ग्लेनरोय, एस्कट भेल र डोन्कास्टरको अनुसन्धान भइरहेको छ।

सोहि अवधि भर ४८ हजार २ सय ७३ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ३४९ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८९ लाख ५१ हजार ४ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार १ सय ५५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २८ हजार ६ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २० लाख ७९ हजार १ सय ९७ पुगेको छ ।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal