भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य ४४ केस संक्रामक अवधि भर क्वारेन्टाइनमा रहेका छन्।
सोहि अवधि भर ४९ हजार ६ सय ७ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २९६ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८९ लाख १ हजार ८ सय ७९ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २७ हजार ५ सय ८१ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २७ हजार १ सय ७३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २० लाख ५० हजार ४३ पुगेको छ ।