भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य १८ केस संक्रामक अवधि भर क्वारेन्टाइनमा रहेका छन्।
सोहि अवधि भर ३९ हजार ८ सय ३२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २४६ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८८ लाख ६२ हजार ४७ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार १ सय ४४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २७ हजार १ सय ७३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २० लाख २२ हजार ५ सय १३ पुगेको छ ।
भिक्टोरियन राज्य सरकारले महानगरीय मेल्बर्नमा जारी रहेको छैटौ चरणको लकडाउन २ सेप्टेम्बर सम्म दुई हप्ताको लागि थपेको छ। भिक्टोरियन मुख्य स्वास्थ्य अधिकारी ब्रेट सट्टनको सल्लाह अनरुप महानगरीय मेल्बोर्नमा १६ अगस्टबाट राती ९ बजे देखि बिहान ५ बजे सम्म (सप्ताहांत सहित) कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यू भएको बेलामा अनुमती दिइएका कामदारहरुलाई मात्र काम गर्न र बाहिर यात्रा गर्न अनुमति दिइएको छ।घरबाट काम गर्न नसक्ने सबै कामदारहरुले श्रमिक अनुमति लिनु पर्ने छ।