अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको छन्।
उनीहरूलाई नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा लगिएको छ ।
अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको र त्यहाँबाट उनीहरू नेपाल आइपुगेका हुन्।
परराष्ट्र मन्त्रालयले उनीहरू कुवेत हुँदै चार्टर्ड विमानबाट काठमाण्डू आइपुगेको जनाएको छ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पु¥याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान १०:१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङका अनुसार दोहामा रहेका अन्य नेपालीलाई पनि क्रमशः उद्धार गरेर ल्याउने तयारी भइरहेको छ ।
अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले पनि पहल थालेको छ ।