eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य १४ केस संक्रामक अवधि भर क्वारेन्टाइन घटनासँग आबद्द रहेका छन्।

सोहि अवधि भर ३१ हजार ५ सय १९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २२७ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८८ लाख ३० हजार ५ सय २८ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार १ सय ४१ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २५ हजार ७ सय ४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या १९ लाख ९४ हजार ९ सय १६ पुगेको छ ।

भिक्टोरियन राज्य सरकारले महानगरीय मेल्बर्नमा जारी रहेको छैटौ चरणको लकडाउन २ सेप्टेम्बर सम्म दुई हप्ताको लागि थपेको छ। भिक्टोरियन मुख्य स्वास्थ्य अधिकारी ब्रेट सट्टनको सल्लाह अनरुप महानगरीय मेल्बोर्नमा हिजो १६ अगस्ट राती ११:५९ बजे देखि बिहान ५ बजे सम्म (सप्ताहांत सहित) कर्फ्यू आदेश जारी गरिएको छ। भोली बाट भने राती नौ बजे देखी बिहान पाँच बजे सम्म कर्फ्यू आदेश लागु हुनेछ।कर्फ्यू भएको बेलामा अनुमती दिइएका कामदारहरुलाई मात्र काम गर्न र बाहिर यात्रा गर्न अनुमति दिइएको छ।घरबाट काम गर्न नसक्ने सबै कामदारहरुले श्रमिक अनुमति लिनु पर्ने छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349