eNepal

मेल्बर्नमा २ सेप्टेम्बर सम्म लकडाउन थपीयो, आज रातीबाट कर्फ्यू

भिक्टोरियन राज्य सरकारले महानगरीय मेल्बर्नमा जारी रहेको छैटौ चरणको लकडाउन २ सेप्टेम्बर सम्म दुई हप्ताको लागि थपेको छ। भिक्टोरियन प्रिमियर ड्यानियल एन्ड्रयूजले मेल्बर्न भरि कोभीड १९ को ‘रहस्य केसहरु’ देखा परेपछि दुई हप्तालाई लकडाउन थपिएको जानकारी गराएका हुन्।

भिक्टोरियन मुख्य स्वास्थ्य अधिकारी ब्रेट सट्टनको सल्लाह अनरुप महानगरीय मेल्बोर्नमा आज १६ अगस्ट राती ११:५९ बजे देखि बिहान ५ बजे सम्म (सप्ताहांत सहित) कर्फ्यू आदेश जारी गरिएको छ। भोली बाट भने राती नौ बजे देखी बिहान पाँच बजे सम्म कर्फ्यू आदेश लागु हुनेछ।कर्फ्यू भएको बेलामा अनुमती दिइएका कामदारहरुलाई मात्र काम गर्न र बाहिर यात्रा गर्न अनुमति दिइएको छ।घरबाट काम गर्न नसक्ने सबै कामदारहरुले श्रमिक अनुमति लिनु पर्ने छ।

गएको सप्ताहन्तमा मानिसहरुको ठूलो समूहहरु मास्क नलगाइ शारीरिक दूरी समेत पालना नगरी बाहिरी स्थल र पार्कमा भेला भएको समाचार आएपछी यो कढाई गरिएको हो।

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य ८ केसहरु समुदाएसँग जोडिएका केसहरु छन् भने १४ केस संक्रामक अवधि भर क्वारेन्टाइन घटनासँग आबद्द रहेका छन्।

सोहि अवधि भर २९ हजार ९ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८८ लाख ६ ५ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार १ सय ३९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ८ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या १९ लाख ६८ हजार ८ सय ७५ पुगेको छ ।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal