भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य ८ केसहरु समुदाएसँग ज जोडिएका केसहरु छन् भने १४ केस संक्रामक अवधि भर क्वारेन्टाइन घटनासँग आबद्द रहेका छन्।
सोहि अवधि भर २९ हजार ९ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८८ लाख ६ ५ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार १ सय ३९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ८ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या १९ लाख ६८ हजार ८ सय ७५ पुगेको छ ।