eNepal

एनआरएनए विश्व सम्मेलनमा भाग लिने प्रतिनिधिको नामावली आज राति १२ बजेभित्र पठाइसक्नुपर्ने

गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा भाग लिने प्रतिनिधिको नामावली आज राति १२ बजेभित्र पठाइसक्नु पर्ने भएको छ । सबै एनसीसीहरुले एनसिसीको आधिकारिक इमेल मार्फत उक्त डेलिगेट लिस्ट राति १२ बजे भित्रमा सचिवालयमा पठाउन आग्रह गरिएको छ ।

एनआरएनए अस्ट्रेलियाले पनि ३१ पदका लागि अन्तिम प्रतिनिधि उम्मेदवारी सूची जारी गरेको छ। अस्ट्रेलीयन क्यापीटल टेरीटोरीबाट भागीरथ सापकोटा, गणेश खरेल, पुस्प खुस्बु न्यौपानेको नाम परेको छ भने नर्दन टेरीटोरीबाट मेघनाथ खनाल र सवीन बराल, साउथ अस्ट्रेलीयाबाट प्रवीण (पिताम्बर) गुरागाई, रबीन्द्र गौतम, थिर गुरुङ, युवराज कण्डेल अनि तास्मानियाबाट अनील ढकाल, रमेश कुमार श्रेष्ठको नाम परेको छ। क्विन्सल्याण्ड राज्यबाट आशिष मणी भण्डारी, चिन बहादुर नेपाली, चुर्ण बहादुर डिसी, डा. भरत राज पौडेल र सुमन खड्काको नाम परेको छ भने वेस्टर्न अस्ट्रेलीयाबाट मदनराज पौडेल, नवीन बिदारी, नीलमणी थपलीयाको नाम रहेको छ। 

त्सस्तै भिक्टोरीया राज्यबाट अमृत कुमार लम्साल, दिपेन्द्र राज हमाल, गोपाल काफ्ले, कमल लामीछाने, राम प्रसाद कन्डेल, सुनील मैनालीको नाम रहेको छ। न्युसाउथ वेल्सबाट अर्जुन केसी, भावना पराजुली बस्ताकोटी, भुपाल सिटौला, बिनोद बहादुर कुँवर, दिपा सापकोटा, द्वारिका दवाडी, हिरा गिरी, कुशल केसी, लक्ष्मण सापकोटा, महेन्द्र घिमीरे, मनोज कुमार गोइत, नारायण प्रसाद चापागाई, निजन चौलागाई, रमेश अधिकारी, रामजि बस्नेत, समिक्षा अधिकारी, सुवन चौलागाई, सुकिर्ती राज्य लक्ष्मी भट्ट, सुर्य भक्त खनाल, तीर्थ राज कार्की, उमेश पोखरेल, सुनीता केसीको नाम रहेको छ।

गैर आवासीय नेपाली संघको विश्व सम्मेलन आगामी अक्टोवर २३, २४ र २५ तारिखमा हुँदैछ । त्यसको लागि निर्वाचनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली पठाउने आज अन्तिम दिन हो । आज रातिसम्म प्राप्त प्रतिनिधिहरुको नामावलीको आधारमा निर्वाचनको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

यस्तो छ प्रतिनिधिको चयन प्रक्रिया

१. प्रत्येक १० जना पंजिकृत सदस्य बराबर एक जना (१०:१) को अनुपातमा प्रतिनिधि चयन गर्नु पर्ने छ । एक हजार भन्दा बढी पंजिकृत सदस्य भएमा प्रत्येक थप एक हजार सदस्यको लागि क्रमिक ४०:१,८०:१,१२०:१ संख्याको अनुपातमा गर्ने (विधानको दफा १३.७, अनुसूची ६) ।

२.  अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का वर्तमान र विगतमा काम गरिसकेका व्यक्तिहरुबाट प्राथमिकताको आधारमा ६५ प्रतिशत प्रतिनिधि चयन गर्ने (विधानको दफा १३.७ (ग)) ।

३.  २५ प्रतिशत प्रतिनिधि पंजिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी चयन गर्ने । बुँदा नम्बर २ मा उल्लेखित ६५ प्रतिशत प्रतिनिधिहरु नपुगेमा नपुग संख्या पनि निर्वाचनबाट चयन हुनु पर्नेछ (विधानको दफा १३.७ (क)) ।

  बाँकि १० प्रतिशत प्रतिनिधिहरु महिला, युवा सहित गैरआवासीय नेपाली अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्येबाट नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद् चयन गर्ने (विधानको दफा १३.७ (ख)) ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349