eNepal

नारायण काफ्ले एनआरएनए आइसिसिको आगामी कार्यकालका लागि सचिव पदमा उठ्दै

गैर-आवासिय नेपाली संघको स्वस्थ निरन्तरताको लागि Vision 2020 and beyond ले (समेत) परिकल्पना गरेको दोश्रो र युवा पुस्ता नेपालीलाई मूलधार नेतृत्वमा ल्याउनु पर्छ भन्ने अभियन्ता नारायण प्रसाद काफ्लेले अन्तराष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने भएका छन् । पेशाले बैकल्पिक ऊर्जा बिशेषज्ञ काफ्ले हाल गैर-आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदमा अष्ट्रेलियालाई प्रतिनिधित्व गर्दछन् । 

नेपाल देखि अष्ट्रेलिया सम्म बिभिन्न सामाजिक संस्थाको नेतृत्व गरि सकेका काफ्ले हाल आफू सह-अध्यक्ष रहेको समितिले युवा तथा दोश्रो पुस्ताका स्वयमसेवीहरु मार्फत नेपाल र नेपालीको सेवा गर्ने कार्यक्रम YV4N को योजना कार्यकारी समितिबाट स्विकृतिको पर्खाईमा रहेको छ । 

“ठूलो नमूना परिक्षणबाट निस्कने परिणाम राम्रो हुन्छ – bigger test samples give better results” भन्ने भनाईको आधारमा संस्थामा कुशल नेतृत्व चयनको लागि बढि भन्दा बढि सदस्यहरुको सहभागिताको खाँचो हुन्छ भनि उनले यस अगाडि सारेको “Transformation through broader participation” भन्ने नाराले अष्ट्रेलिया देखि अन्तराष्ट्रिय समन्वय परिषद सम्म चर्चा पाएको थियो ।

ई-नेपाल सँगको कुराकानीमा उनले आफूले सदस्यको रुपमा शुरु गरेका केहि योजनाहरु आंशिकरुपमा मात्र पूरा भएकोले त्यसलाई पूरा गर्न र संस्थालाई रुपान्तरण गर्न संरचनागत परिवर्तन र नेतृत्वचयन न्यायिक र पारदर्शि बनाउने आफ्नो मूलमुद्दा हुने बताए । ति मुद्दाहरु के के हुन्? भन्ने प्रश्नमा प्रष्ट्याउँदै गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुको संरचनामा एक रुपता, क्षेत्रिय समितिहरुको पारदर्शि / परिवर्तित निर्वाचन प्रकृया, क्षेत्रगत रुपमा उपाध्यक्षहरुको ब्यवस्था, निर्वाचन प्रकृया न्यायिक र पारदर्शि एबम् युवा र दोश्रो पुस्ता केन्द्रित लगायत आफ्ना धेरै योजना मध्येका केहि मुद्दा रहेका बताए ।

बि.सं. २०४३ साल देखि नेपाल बिद्यार्थी संघको राजनितिबाट सामाजिक सेवा शुरु गरेका उनी  बि.सं. २०४६ सालमा अर्ध भूमिगत भई प्रजातान्त्रिक जनआन्दोलनमा लागे, बि.सं. २०४९ सालमा ईन्जिनियरिङ्ग अध्ययन संस्थान, स्वबियू सभापति हुँदै बि.सं. २०५१ सालमा नेपाल बिद्यार्थी संघको पाल्पा जिल्ला सभापति र बि.सं. २०५३ सालमा नेपाल बिद्यार्थी संघको केन्द्रिय समिति सदस्य भएका उनलाई “सुनिदै छ ३,जनाले अध्यक्षको पदमा उम्मेदवारी दिदैहुनुहुन्छ, कुन प्यानलबाट उम्मेदवारी दिनुहुन्छ”  भन्ने सवालमा उनले भने, “मेरो काम गर्ने क्षमता, काम प्रतिको लगाव र बिगत देखेर सबैले मलाई आ-आफ्नो टिममा राखेर काम गर्न चाहेका” बताए । 

संक्षिप्त बायो:

ईन्जिनियरिङ्ग अध्ययन संस्थान, नेबिसंघ ईकाई सचिव : सन् १९८७

सर्वदलिय जन-आन्दोलन परिचालन समिति सदस्य (भूमिगत), पूर्बी पाल्पा: सन् १९८९

ईन्जिनियरिङ्ग अध्ययन संस्थान,  नेबिसंघ ईकाई उपाध्यक्ष : सन् १९९१

 ईन्जिनियरिङ्ग अध्ययन संस्थान, स्वबियू सभापति: २०४९

नेबिसंघ पाल्पा जिल्ला सभापति: सन् १९९४

नेबिसंघ केन्द्रिय समिति सदस्य: सन् १९९६

ईन्जिनियरिङ्ग अध्ययन संस्थान, उप-प्रध्यापक बैकल्पिक ऊर्जा: सन् २०५९

 ईन्जिनियरिङ्ग अध्ययन संस्थान, प्रजातान्त्रिक प्राध्यापक संघ, सचिव: सन् २००५

बैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र, उप-निर्देशक: सन् २००६

गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अष्ट्रेलिया, पञ्जिकृत सदस्य सन् २०११

गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अष्ट्रेलिया, सदस्य सन् २०१५

गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अष्ट्रेलिया, सल्लाहकार सन् २०१७

गैर-आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, सह-अध्यक्ष: निति तथा कार्यबिधि कार्यदल: २०१५

गैर-आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, सदस्य: हाल

गैर-आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, सह-अध्यक्ष, नेपालको लागि युवा तथा दोश्रो पुस्ता स्वयमसेवी (YV4N) समिति: हाल

फोटो साभार: नारायण काफ्लेको फेसबुक प्रोफाइलबाट

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349