भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य २१ केसहरु प्रकोपसंग जोडिएका केसहरु छन् भने बार्ह केस संक्रामक अवधि भर क्वारेन्टाइन घटनासँग आबद्द रहेका छन्।
सोहि अवधि भर ३२ हजार २ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १८५ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८७ लाख ६८ हजार २ सय ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार १ सय ३६ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २३ हजार ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या १९ लाख ४८ हजार ९ सय ९६ पुगेको छ ।
न्यु साउथवेल्स राज्यमा लकडाउनको नियम उलङ्घन गर्नेलाई थप कडाइ
अस्ट्रेलीयाको न्यु साउथवेल्स राज्यमा कोरोनाका थप ४ सय ६६ नयाँ संक्रमित फेला परेपछि शनिबार आपतकालीन बैठकमार्फत् सरकारले थप नयाँ नियम र जरिवाना सहितको कढा नियम लागु गरेको छ। सरकारले पाँच सय प्रहरी र थप ५ सय सेना खटाउने भएको छ।
जरिवानामा समेत वृद्धि गर्दै यात्रा गर्न पाउने दूरीलाई पनि १० किलो मिटरबाट घटाएर ५ किलोमिटरको रेडीयसमा सीमित पारिएको छ।
सार्वजनिक स्वास्थ्य निर्देशनलाई उल्लंघन गर्नेहरूलाई ५ हजार डलर जरिवाना रिखिएको छ भने होम क्वारेन्टिनको नियम तोड्नेलाई, अनुमतिका सम्बन्धमा ढाँट्नेलाई र दुई जनाभन्दा बढीले सामूहिक व्यायाम गरेमा तत्काल जरिवाना तिराइने भएको छ।
सोमबारदेखि सिड्नीका बढी प्रभावित क्षेत्रहरू लिभरपुल, ब्याकटाउन, क्याक्बलटाउन, पारामाटा,कम्बरल्यान्ड,फेयरफिल्ड,बरउड ,
क्यान्टबरी ब्यांक्सटाउन, बेसाइड, जर्जेज रिभर लगायतका क्षेत्रमा अति आवश्यक कार्य गर्न अनि व्यायाम र बालबच्चा हेर्नलाई मात्र अनुमति दिइएको छ।