eNepal

दिदीबहिनी समाजद्वारा राहत सहयोग र सेवा कार्यक्रमको निरन्तरता

कोरोना महामारीका कारण छैटौ चरणको जारी लकडाउनको बेला बिशेषतः उच्च शिक्षा अध्ययन गर्न आएका बिधार्थी भाईबहिनीहरु र अती आवस्यक परेका भिक्टोरीयावासी नेपालीहरुलाई थोरै भए पनि राहतको महसुस होस् भन्ने हेतुका साथ दिदीबहिनी समाज भिक्टोरीयाले आफ्नो राहत बितरणको कार्यक्रमलाई पुन: अघी सारेको छ। 

महामारीले निम्त्याएको संकटपूर्ण अवस्थामा कुनै पनि स्वार्थबाट माथि उठेर काम गुमाएका या आर्थीक अभावले दैनिक उपभोग्य बस्तुहरुबाट बन्चित भएका बिधार्थीहरुको सम्मान र हौसलाका लागि दिदीबहिनी समाजबाट भएका यस्तो सहयोग प्रशंसाको  लायक छ। यसबाट स्थानीय समुदायमा नेपालीहरुप्रतिको सम्मान बढाउने मात्र नभइ समुदायबीचको सम्बन्ध बिस्तारमा पनि टेवा पुर्याउने समेत अपेक्षा गर्न सकिन्छ ।

समाजले यो बिषम परिस्तितीलाई मध्यनजर लगाउँदै बिभिन्न सहयोग सेवाहरु अगाडी ल्याएको छ।कोभीड माहामारी र निरन्तरको लकडाउनले असर परेका व्यक्तिहरुलाई आपतकालीन खाध्यन्न राहत, सरसफाईका सामाग्री सहायता, क्षमता अभिवृद्धि तालिम, कोभीडको बेला चाहिने सेवा सम्पर्क बारे जानकारी, मानसिक स्वास्थ्य र वेलबिङ सहयोग रहेका छन्।

यदि तपाईहरुलाई यी सेवा सुबीधाहरुको आवस्यक्ता परेमा वा लिन चाहानहुन्छ भने अनिता भण्डारी ०४३५७८४०२१ मा सम्पर्क गर्न सक्नु हुनेछ या [email protected] मा पत्राचार गर्न सक्नु हुनेछ।साथै ३१ अगस्ट सम्ममा पत्राचार वा सम्पर्क गरी सक्नु पर्नेछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349