भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सवै केसहरु प्रकोपसंग जोडिएका केसहरु छन् भने एघार केस संक्रामक अवधि भर क्वारेन्टाइन घटनासँग आबद्द रहेका छन्।
सोहि अवधि भर ३३ हजार ६ सय ७५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १६३ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८७ लाख चौतीस हजार ५ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार १ सय ३० जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ हजार ४ सय ९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या १९ लाख २५ हजार ८ सय ६४ पुगेको छ ।