भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।त्यस मध्य पन्ध्र केसहरु प्रकोपसंग जोडिएका केसहरु छन् भने पाँच केस अनुसन्धानमा रहेको छ।२० वटा केसहरु मध्ये चौध केसहरु संक्रामक अवधि भर क्वारेन्टाइन घटनाहरु रहेका छन्।
सोहि अवधि भर ४१ हजार ५ सय ७१ जनाको कोरोना परीक्षण गर्दा २० जना कोरोना संक्रमित फेला परेका हुन् । त्यस्तै सक्रिय संक्रमितको संख्या १ सय अठार रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८६ लाख ६ हजार ८ सय ६५ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार १ सय १० जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २३ हजार ८ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या १७ लाख ९५ हजार २ सय ९७ पुगेको छ ।