भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोहि अवधि भर ३८ हजार ९ सय ८७ जनाको कोरोना परीक्षण गर्दा ११ जना कोरोना संक्रमित फेला परेका हुन् । योसंगै हालसम्म कूल संक्रमितको संख्या २१ हजार २१ पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या १ सय ३ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८५ लाख ७१ हजार ९ सय ७३ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार ९८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन । यस्तै पछिल्लो २४ घण्टामा १७ हजार १ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या १७ लाख ९५ हजार २ सय ९७ पुगेको छ ।