काठमाडौँ, साउन-२४ । आज आइतबारका लागि बोलाइएको नेकपा (एमाले) केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सरेको छ । उक्त बैठक भोलि बस्ने भएको छ ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज आइतबारका लागि बोलाइएको केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सारिएको हो। नेकपा (एमाले) स्थायी कमिटी बैठक भोलि साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।
पार्टीभित्रको असन्तुष्ट समूहलाई बैठकमा सहभागी बनाउने प्रयास गर्न भन्दै एमालेको संस्थापन समूहले पार्टीको केन्द्रीय समिति र स्थायी समिति बैठक सारेको तामाङले बताए ।