गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् ।
गत २ अगष्टमा भएको मतदानमा दीपक श्रेष्ठ र रोजिना राईलाई पछि पार्दै मगरसहित उनको पूरै प्यानलले विजय हासिल गरेका हो ।
गाहामगरले ४ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी श्रेष्ठले २ हजार १ सय ९१ र प्रधानले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।
यसअघि ३१ जुलाईमा गर्ने भनिएको निर्वाचन दुई दिन पर सारिएको थियो ।विहिबार मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि विभिन्न विवादको कारण मतपरिणाम शुक्रवार राती सार्वजनिक गरिएको हो ।
करिब ५ दर्जन उम्मेदवारले सहभागीता जनाए पनि गाहा मगरको समावेशी समूहले जित हासिल गरेको छ ।
उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् भने महिला उपाध्यक्षमा शकुन्तला गुरुङले ३ हजार ७ सय ४३ मत प्राप्त गर्दै जित हाँसील गरेकी छिन् ।
नर्दन आयरल्यान्डबाट उपाध्यक्षमा नारायण कंडेलले ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए । स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् ।
एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए ।
सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ, कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा, युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।