eNepal

न्यु साउथ वेल्समा थपिए ३ सय बढी संक्रमित, ३ सय बढीनै संक्रमित अस्पतालमा

स्ट्रेलिया । न्यु साउथ वेल्समा हाल कोरोनाले गति लिईरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ सय भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गत २४ घण्टामा मात्र न्यु साउथ वेल्समा थप ३ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । थपिएका उक्त संक्रमित मध्य २ जना बाहिरी र बाकी ३ सय १९ जना स्थानीय गरि ३२१ जनामा संक्रमण पुष्टि भएको हो। यससंगै अहिले सम्म कोरोना भाइरसका कूल संक्रमितको संख्या १० हजार ४ सय ७८ पुगेको छ । त्यस्तै सोहि अवधि भर १ लाख ८ हजार ४ सय ४९ जनाको कोरोना परीक्षण गर्दा ३ सय १९ जना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी त्यही अवधिमा २६ हजार १ सय ५२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन । योसंगै न्यु साउथ वेल्समा हाल सम्म कोरोना विरुद्धको खोप लगाउनेको संख्या ४३ लाख १६ हजार ६५ पुगेको छ । प्राप्त जानकारी अनुसार ३ सय ४५ जना संक्रमित अस्पतालमा भर्ना छन ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349