भिक्टोरिया, अस्ट्रेलिया । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरस (कोभिड- १९) का थप नयाँ संक्रमित भेटिएका छन ।
पछिल्लो तथ्यांक अनुसार भिक्टोरियामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । २४ घण्टाको अवधिमा गरिएको ४३ हजार ६ सय १८ जनाको परीक्षणबाट २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै आज थपिएका संक्रमित सहित हाल सक्रिय संक्रमितको संख्या ९७ पुगेको छ ।
त्यसैगरी सोहि अवधि भर २२ हजार ३ सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै हाल सम्म कोरोना विरुद्धको खोप लगाउनेको कूल संख्या १७ लाख ६० हजार ६ सय १० पुगेको छ ।