eNepal

एनआरएनए अष्ट्रेलीया निर्वाचन नतिजा : निष्पक्षतामाथि प्रश्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन सकिएको छ। निर्वाचनमा नन्द गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन्। योसंगै एनआरएनए अष्ट्रेलियाले २०२१-२३ का लागि नयाँ कार्यसमिति पाएको छ। यसबीचमा अहिले उक्त निर्वाचन नतिजालाई लिएर प्रश्नहरु पनि उठिरहेका छन्। 

कोभिड तथा लकडाउनका कारण यसपालीको निर्वाचन पहिलो पटक अनलाइन मार्फत गरिएको थियो। यसका लागि ठूलो र भरपर्दो कम्पनी मार्फत काम गरियो। त्यसैगरी निर्वाचन समिति खटाइयो। तर नतिजामा भने लापरबाही भएको गुनासा सुनिन थालेका छन् । प्रतिस्पर्धी उम्मेद्वार र कोही पनि रोज्दिन भन्ने मत बराबर कुल मत संख्या हुनुपर्नेमा घटबढ देखिएको छ। 

अध्यक्षका उम्मेद्वार डा ज्ञानेन्द्र रेग्मीलाई प्राप्त मत ४ हजार ८ सय ७९ रहेको छ। त्यसैगरी अध्यक्ष पदमा जित हासिल गरेका नन्द गुरुङको प्राप्त मत ८ हजार ५ सय ८३ रहेको छ। यी कुनैलाई पनि रोज्दिन भन्नेमा ७ सय ४४ मत परेको छ। सामान्य अर्थमा यी सबै मतको योगफल बराबर कुल मत हुनुपर्छ। तर यहाँ यी मतको योगफल १४ हजार दुई सय ६ हुन आउँछ, जब कुल मत खसेको १४ हजार २ सय १३ रहेको बताइएको छ। यहाँ बाँकी ७ मत कता गए त ?

यो त्रुटी केवल अध्यक्ष पदका लागि मात्र होइन, अन्य पदमा पनि देखिन्छ। समुदायमा यी प्रश्नहरु उठ्न थालिसकेकाले यसमा सम्बन्धित निकायले जवाफ दिनुपर्ने देखिन्छ।

 

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349