eNepal

२० वर्ष पछि हुने बहुप्रतिक्षित स्थानीय तहको पहिलो चरणको निर्वाचन आज

२० बर्ष पछि हुने बहुप्रतिक्षित स्थानीय तहको निर्वाचनले काठमाडौ सिंहदरबारमा निहित जनताका अधिकार फेरि जनतालाई नै हस्तान्तरण गर्दै उनीहरुलाइ अधिकार सम्पन्न बनाउने महान अवसरमा जनताले आफ्नो भविस्य आफैंले निर्माण गर्ने यो दिन आफैमा एउटा ऐतिहासिक पर्वको रूपमा लिनुपर्ने अवस्था छ ।

संघीयताको मुद्दा युद्ध,सङ्घर्श,आन्दोलन आदिको माध्यमबाट नयाँ संविधानमा जबर्जस्त लिपीबद्ध त भयो तर कार्यान्वयन हुनको लागि २०७४ माघ ७ गतेभित्र तीनै तह(स्थानीय ,प्रदेश र संघ)को निर्वाचन हुनुपर्ने हुन्छ ।त्यसले अबको छोटो समयमा सबै चुनाव गराउन अब बन्ने सरकारको नयाँ समीकरणको गठबन्धनको लागि चुनौतीपूर्ण हुने त छदैछ।तर घर बलियो हुन जग बलियो हुनुपर्छ भने झैं यो चुनावलाई सफल पार्नु सबै राजनीति दलको प्राथमिक दायित्व हुन आउछ।

स्थानीय तहको निर्वाचनमा दलहरूले खासगरी स्थानीय तहका जल्दाबल्दा समस्याहरू समाधान गर्ने प्रतिबद्धता भन्दा पनि आफ्ना घोषणापत्रमा सपनाको भरपुर खेती गरेका छन्,त्यस्ता दलले ती घोषणापत्रमा आफ्नो विद्वता प्रदर्शन गर्नु भनेको कुनै मेनपावरको एजेन्टले गाउँको सोझासिधा ब्यक्तिलाई विभिन्न प्रलोभन देखाएर ठग्दै बिदेश पठाको होकि जस्तो लाग्छ ।

आजको निर्वाचनमा जुनसुकै दलले जितेपनी वास्तविक जीत त्यसको हुन्छ जसले संघीयताको मुद्दा उठायो,संघर्स गर्यो।महिला,आदीवासी जनजाति ,मधेसी थारु,दलित अपांग पिछडिएको क्षेत्र, अल्पसंख्यक मुस्लिमलाई अधिकार सप्पन्न गरायो,राज्यको मुल प्रवाहमा ल्यायो अधिकार माग्न र मागेर नपाए खोस्न सिकायो त्यही दललाई जनाताले अबको ५ बर्षको लागि चुन्नुपर्ने हुन्छ।सोच बिचार गरेर आफ्नो अमुल्य मतको सदुपयोग गरौं ।

रमेश पराजुली

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal