भिक्टोरिया, अस्ट्रेलिया । पछिल्लो २४ घण्टामा भिक्टोरियामा थप नयाँ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन ।
प्राप्त जानकारी अनुसार २४ घण्टाको अवधिमा २७ हजार २ सय ७९ जनाको परीक्षण गर्दा ६ जना स्थानीयहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमित सहित हालसम्म सक्रिय संक्रमितको संख्या ८० पुगेको छ ।
त्यस्तै सोहि अवधि भर १७ हजार २ सय २९ जनालाई कोरोना विरुद्धको खिप लगाइएको थियो । यससंगै हालसम्म कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १७ लाख १७ हजार ८ सय ९२ पुगेको हो ।