अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेशले विजय हात पारेको छ ।
हिजो मंगलबार राती भएको खेलमा अष्ट्रेलियालाई बंगलादेशले २३ रनले हराएको हो। ढाकामा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
बंगलादेशका लागि शकिब अल हसनले ३६, मोहमद नाइमले ३०, अफिफ होसेनले २३ तथा कप्तान महमुद उल्लाहले २० रन बनाए । १३२ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया पूरा २० ओभरमा सबै विकेट गुमाएर १०८ रनमै अलआउट भयो । अष्ट्रेलियालाई हराउन नसुम अहमदले ४ विकेट लिए ।
त्यस्तै अष्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४५ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । बंगलादेश टुरमा रहेको अष्ट्रलियाले पाँच टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।