अस्ट्रेलिया। न्यु साउथ वेल्समा थप २ सय बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै न्यु साउथ वेल्समा २ सय ३३ जना स्थानियमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै सो अवधिमा एक जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन । मृत्यु हुनेमा २० वर्षका एक व्यक्ति रहेका छन।
न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ लाख ४ हजार ५ सय ३६ जनाको कोरोना परीक्षण गर्दा उक्त संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टाको अवधिमा गरिएको परीक्षण सहित हाल सम्म परीक्षण गरिएको कूल संख्या ९४ लाख २ हजार ३ सय ६४ पुगेको हो। त्यस्तै प्राप्त जानकारी अनुसार हाल २ सय ५० जना अस्पतालमा भर्ना छन ।