eNepal

स्वास्थ्य मापदण्ड उल्लंघन गरे कडा कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

काठमाडौँ, साउन-१९। कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले चेतावनी दिएका हुन्। काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा पछिल्लो केही दिनदेखि कोरोनाको संक्रमण दर बढ्दै गएको, अस्पतालहरुमा भेन्टिलेटर, आइसीयू र आकस्मिक सेवाका वेडहरुमा बिरामीहरुको चाप बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको हो।

उक्त विज्ञप्तिमा काठमाडौं उपत्यकामा जारी गरिएको निषेध आदेश कायमै रहेको जनाइएको छ। त्यस्तै विज्ञप्तिमा भनिएको छ ‘कोरोनाको संक्रमण दर घटाउनुमा सबै पक्ष र समुदायको उक्तिकै जिम्मेवारी र भूमिका रहन्छ। तर निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समुहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड-१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ।’

त्यसैगरी पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349