eNepal

अस्ट्रेलीयाको नेपाली समुदाएलाई लक्षित गर्दै जनगणना सम्बन्धी बिशेष कार्यक्रम हुँदै

अस्ट्रेलियाको तथ्याङ्क विभागले प्रत्येक पाँच बर्षमा अस्ट्रेलियामा रहेका प्रत्येक ब्यक्ति र घर-धुरिको गणना गर्ने गर्दछ। अगष्ट १० को रात हुने जनगणनामा घरमा रहेका सबै ब्यक्तिहरुले सहभागीता जनाउनु पर्दछ जसमा अन्तर्राष्ट्रिय आगन्तुकहरु र वालवालिकाहरु पनि पर्दछन्।

जनगणनाबाट प्राप्त जानकारीले सरकारलाई, ब्यवसायहरुलाई र देशभरि रहेका गैर-नाफा मुलक संस्थाहरुलाई बिभीन्न समूहमा रहेका व्यक्ति, परिवार र समुदायहरूको लागि स्थानीय सेवाहरू योजना गर्न र उचीत निर्णय लिन मद्दत गर्दछ।

ABS (Australian Bureau of Statistic) बाट जारी गरिएको जनगणना फारम कसरि भर्ने, यसमा सहभागीता हुन कतिको अनिबार्य छ, फाइदाहरु के के छन्, सहभागीता नजनाउँदा के हुन्छ लगाएत जनगणना सम्बन्धि उब्जिएका यावत प्रश्नहरुको हल गराउने हेतुले भिक्टोरिया राज्यका लागि अवैतनीक महा बाणिज्यदुतको कार्यलय, नेप्लिज एसोसिएसन अफ भिक्टोरीया र गैर आवासीय नेपाली सङ्गठनको सहकार्यमा जनगणना सम्बन्धी बिशेष जानकारी सत्रको आयोजना हुँदैछ।

जुम प्रबिधीबाट आज ४ अगस्ट बुधवार साँझ ६-७ सिड्नीको समय अनुसार हुने कार्यक्रममा ABS बाट Census Engagement Manager Ljubica Petrov ले जनगणनाबारे बृस्तीत जानकारी दिनु हुनेछ भने मध्यस्थकर्ता तारा गैरेले गर्दै हुनुहुन्छ।

https://us06web.zoom.us/j/87571680461?pwd=UC9SMzhESmYxeWo3eldqa3ZlUWt3QT09

Meeting ID: 875 7168 0461

Passcode: 886470

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349