eNepal

दिदीबहिनी समाजले महिला उद्यमशीलता र चुनौतीहरु बिषयक महिला संवाद आयोजना गर्दै

आगामी ८ अगस्टमा दिदीबहिनी समाज भिक्टोरीयाले मेल्बर्नमा महिला उद्यमशीलता र यसका चुनौतीहरु बिषयक महिला संवाद डिजिटल फोरम आयोजना गर्ने भएको छ।महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस फोरमले महिलाहरुका आफ्नो विचार, सीप, अनुभव र चुनौतीहरु साटासाट गर्ने सुनौलो अवसरको रुपमा हेरीएको छ।

फोरमबाट महिलाहरुमा रहेको उद्यमशीलताको उत्खनन गरी आर्थिक विकास र समृद्धिमा महिलाहरुको भूमिकालाई इन्धनको रुपमा उपयोग गर्ने आयोजकको विश्वास छ ।

भर्चुअल माध्यमबाट हुने यस कार्यक्रमका वक्ताहरुमा द्वारीका ग्रुप अफ होटल र रिसोर्टकी अध्यक्ष अम्बिका श्रेष्ठ, नेपाल महिला उद्यमी संघ Federation of Woman Entrepreneurs Associations of Nepal (FWEAN) की उपाध्यक्ष दर्शना श्रेष्ठ, लाङटाङ ट्रेकीङकी प्रबन्ध निर्देशक पम्फा धमला, सिड्नी सिटी कलेजकी प्रमुख कार्यकारी अधिकृत रन्जु वाग्ले थापा, बन्जी कम्युनिटी सर्भिसकी निर्देशक सन्जीता न्यौपानेको साथमा फोटोग्राफर एबम् लेखीका सुधीरा शाहको सहभागिता रहनेछ । डिजीटल माध्यम जुम प्रविधीबाट हुने यस बिशेष फोरमलाई अन्जना नेपालले मध्यस्थकर्ताको भुमीका निभाउदै छिन्।

महिला संवाद डिजिटल फोरम अन्तर्गत अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर Choose to challenge र Mother and me, Intergenerational Dialogue सम्बन्धी दुई सत्रहरु सफलता पुर्वक सम्पन्न गरि सकेको दिदीबहिनी समाजले महिला उद्यमशीलता र यसका चुनौतीहरु” सम्बन्धी महिला संवाद गर्दै उनीहरुलाई उद्ययमी बनाउन प्रेरित गर्ने लक्ष्यका साथ यो कार्यक्रमलाई अगाडी ल्याएको छ।

यस कार्यक्रमले नेपाली महिला उद्यमीलाई उद्यमीशिलतामा लागिरहनका साथै नयाँ आउने उद्यमीहरुलाई चुनौतीको सामना गर्ने शक्ति, जोस, जाँगर ल्याउने आयोजकको विश्वास छ ।

जुम बैठकमा सामेल हुनलाई यो लिङ्कमा क्लिक गर्नु होला

https://us06web.zoom.us/j/81997888821?pwd=WWh2eHc1VjlWQ2Q3aGd2U1lYTWZmUT09

Meeting ID: 819 9788 8821

Passcode: 214368

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349