एउटा भाईले फोन गर्यो दाई के ल्याउन पर्छ।मेरो अस्ट्रलीयाको भिषा लाग्यो।मैले भने कालो सर्ट अनि पाईन्ट।किन भनेर सोध्यो।मैले हाँस्दै जवाफ दिएँ- भाई आए पछि आफै थाहा पाउँछौ।अहिले किन फोनबाटै बेलीबिस्तार लाउनु।हवस् भनेर फोन राख्यो।दाईको कुरालाई गहन रुपमै लिएर नभन्दै केही जोर कालो सर्ट र पाईन्ट लिएर भाई आयो।
नेपालीहरुमा खै चेतनाको बिकास भएको भन्ने कि नभन्ने। अाफैमा बिरोधास्पुर्ण छ। चेतना आयो भनौ भने अहिले पनि तेही पुराना बिचार धारा भएका मान्छे यदाकदा भेटिन्छ्न्। आएको छैन भनौ भने खै कहिले आउला बुद्दीमा बिकास। के काम भनेको सानो र ठुलो पनि हुन्छ। तिमी जून काम गर्छौ त्यसमा तिमी खुसी छौ अनि सन्तोकी छौ भने गर्व गर कि तिमी स्वाभलम्बी छौ।कामको बर्गीकरण केबल हामी यानिकी नेपालीले मात्र गर्छौ। काम गर्नु कुनै घृणीत हुन्न,हरेक कामलाई सम्मान गर्ने परिपाटीको बिकास जब सम्म नेपालीको मानसिकतामा बिकास हुन्न तब सम्म न तिम्रो बिकास हुन्छ न समाजको बिकास हुन्छ न देशको नै।
हाम्रो समाज जुन तेही रुडीबादी परम्परा र रहनसहनबाट ग्रस्त समाज छ। जतिनै बुद्दीको बिकास भए पनि, जतिनै पढिलेखी बिद्वान भएपनि कामको बर्गीकरण गर्न न कहिले हामीले छोड्छौ, न यसको निराकरणनै गर्न सकिन्छ। दमाई,कामी, पोडे र शार्की भनेर कामको बर्गीकरण गर्ने त्यो पुरानो समाजबाट गुज्रेका हामी आज पनि तैले गरेको काम सानो भनेर दोष थोपार्छौ।मलाई लागेको कुरा तेही दमाईको थुकले धागो भिजाएर बनाएको लुगा लगाएर जाने सुकीला महानुभाब जो भ्रस्टचार गरेर गरीब जनताको कर चुसेर महल बनाउँछन त्यो चाँहि ठुला मान्यगन्य अनि त्यो बिचारा आफ्नो पसिनामा डुवुल्की मार्दै अहोरात्र आफ्नो जानपरिवार पाल्न तल्लीन उपल्लो बर्गले होच्याएर भन्ने गरेको दमाई त्यो चाहिँ सानो काम गर्ने समाजबाट तिरस्कृत र अबहेलनाको पात्र। यो त भयो परापूर्ब काल देखी सुन्दै आएको अनि आँखाले भोगेको तितो यथार्त जसलाई पार लगाउँदै आएका आधुनिक यूवा पिडी।
अब कुरा गरौ हामी जो शिक्षीत् बर्गमा पर्छौ क्यारे। पक्कै पनि १२ पासको प्रमाण पत्र छ नै होला।त्यो नि नभए बिदेस कसरि आईयो र। अनि त्यही ढोङ्गी समाजबाट आज आएर यो २१अौं शताब्दीमा पनि कामको बर्गीकरण गर्दै हिड्छौ भने के भन्नु हुन्छ तपाईले आफूले आफूलाई। पढेलेखेको शिक्षीत बर्ग कि के? प्रश्न जटिल छ। तपाई बस्नु भएको देशमा के कामको बर्गीकरण छ? के कसैले कसैलाई तेरो काम यस्तो अनि मेरो काम उस्तो भनेको कहिलै सुन्नु भएको छ। अनि के फुटानी लाउनु हुन्छ कामको नाममा आफ्ना साथीलाई होच्याएर। तपाई यस्तो देशमा हुनुहुन्छ जहाँ डाक्टर र मेनेजरले भन्दा बडि धारा बनाउने ज्यामीले कमाउँछ अनि कुनै कम्पनीको कार्यकारीणीले भन्दा बडि खानीमा काम गर्ने कामदारले कमाउँछ। अनि तपाई भन्नु हुन्छ तिमीले गर्ने काम ए!त्यो पो हो भनेर के होच्याउनु हुन्छ।सरम लागेर आउनु पर्ने अनि धिक्कार छ तपाईलाई यस्तो बिकर्शीत देशमा आएर पनि तपाईको सोच र मानसिक्तामा परिबर्तन आउँदैन भने।
एउटा भाईले बिदेसी भाषामा भन्नु पर्दा किचन् हेन्ड ठेट नेपाली भाषामा भन्नु पर्दा भाँडा माज्छ एउटा रेस्टुरेन्टमा। अनि तेहीबाट कमाएको पैसाले नेपालमा घर किन्छ, कलेजको फि तिर्छ, बा आमालाई सुखी साथ पालेको छ अनि पढाई सकेर पि:आर हाल्छ अनि यहाँ पनि घर किन्छ भने के अब उसलाई होच्याएर भाँडा माजेर फलानोले यति धेरै गर्यो भन्दै डुक्रदै हिड्ने कि उसको परिवर्तन अनि मेहिनेत र लगनशीलताको तारीफ गर्ने।तर अहँ! यहाँ त उसको खिल्ली उडाईन्छ अनि उसको पछाडी कुरा काटीन्छ।त्यसले त भाँडा पो मोल्छ त। धिक्कार छ यो समाजलाई अनि भद्र समाजका भद्र टोपल्ने भद्रेहरुलाई। खै त तिमीहरुमा आएको परिबर्तन अनि चेतनाको बत्ती बलेको खै त !!
फेरि अर्का यस्ता साथीहरु पनि भेट्छु जो भन्दै हिड्छन्-“जे पढे नि तेस्तै हो”। काम पाउने तेही हो।अफिस सरसफाई, हाउसकिपीङ अग्रमबग्रम।के यी काम चाहिँ साना हुन् र! मानिस कतिको आफ्नै रहर अनि बाध्यता हुन्छन्।कतिको कलेज र कामको समयानुकुल नमिलेर हुन सक्छ,कतिको २० घण्टाको दायराले हुन सक्छ। खैर जे होस काम भनेको काम हो। ठुलो र सानो कामको बर्गीकरण हामी भित्रको कुसँस्कार अनि कुबिचारले ग्रस्त मानसीक सोचको उपज हो। यहाँ भन्न खोजीएको के हो भने यदि तपाई दक्ष हुनुहुन्छ,मेहिनेती हुनुहुन्छ भने तपाईले चाहे को अनि खोजेको काम नपाउने भन्ने कुरै छैन। के तपाईले कहिले आफ्नो क्षेत्रको काम खोज्नु भएको छ। के मान्छेले भनेको हल्ला जस्तो अाफूले रुचाएको कामको लागि कहिल्यै आफू भन्दा अग्रज अनि दिग्गजबाट सरसल्लाह लिनु भएको छ। यहाँ धेरै साथीहरु स्वम् मैले चिनेको छु जो लागि परेर आफ्नो क्षेत्र जस्तै ईन्फरमेसन् टेक्नोलोजी अनि ईन्जीनियर भएर काम गरिरहेका छन्।अरुको बकम्फुसे कुराको पछि नदौडी आफ्नो पढाई सकेर यदि कटिबद्द भएर जसरी नि पाइन्छ र पाएरै छोड्छु भनेर लागेमा पक्कै पनि पाईन्छ।
नेपालमा साथी भाईहरु भन्छन् – काम त तेहि त होला नि क्यारे।अरे यार काम भनेको काम हो नि। तिमी के फूटानी लाउँछौ यार बाउ आमाको सम्पत्तीमा बुईँ खेलेर।एक चोटी आफ्नो पसिनाको कमाई हातमा राख अनि थाहा पाउँछौ काम भनेको के रहेछ र त्यसको मूल्य कति हुन्छ भनेर। म त गर्वसाथ भन्न सक्छु म आफैमा आत्मनिर्भर छु । आफैले मेहिनेत गरेर एक कर्मठ र स्वावलम्वी भएर कसैको बाटो ढुकेर अरुको आशमा त बसेको छईन नि। हैने भने के कामको बर्गीकरण गर्छौ र जोख्छौ कामलाई कून चाहिँ सानो अनि कुन चाँहि ठूलो भनेर।
लेखकःमनोज पौड्याल