चर्चीत गायिका अस्मिता अधिकारी र साथमा मेल्बर्न निवासी गायक अविनाश न्यौपानेको स्वर रहेको ‘तिमी आउने जाने’ बोलको गीत सार्वजनिक भएको छ । प्रवासमा पनि नेपाली गीत संगीतमा सक्रिय अविनाशले यस अघी चार कदम, मायाँलु एवम् झिल्के साइलो बोलको गीतमा आफ्नो आवाज दिइ सकेका छन्।
लोकप्रिय नायिका पुजा शर्मा अभिनित म्युजिक भिडियोमा पछिल्लो समय सर्वाधिक हिट गीत फुलबुट्टे सारीका मोडेल आनन्द सिंहको अभिनय रहेको छ ।
टंक बुढाथोकी शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियोमा पुजा शर्मालाई आनन्द सिंहले साथ दिएका छन् भने भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन् ।
पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन, बिकास दाहालको सम्पादन रहेको छ ।