गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलीयाको निर्वाचन शनिवार हुँदै छ । अनलाइन मार्फत मतदान गर्नेगरी निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्याएको जनाइएको छ ।
निर्वाचनमा मतदान कसरी गर्ने भन्ने विषयमा निर्वाचन आयोगले एक भिडियो सार्वजनिक गरेको छ । निर्वाचन समितिले नेपाली भाषामै ‘डेमो’ सार्वजनिक गरेपछि अनलाइन मतदान गर्न अब सहज हुने विश्वास गरिएको छ ।
भोटीङ भोली बिहान ७ बजे देखी साँझ सम्म ७ बजे सम्म रहनेछ भने मतदानको समय अवधि भित्र दर्ता भएका भोट मात्र गणना हुनेछ।। तपाईंले एक पटक मात्र भोट दिन सक्नुहुन्छ र तपाईंले मतदान गरे पछि पुन: गर्न या परिवर्तन गर्न सक्नु हुनेछैन।
एनआरएनए अस्ट्रेलीयाका पञ्जीकृत सदस्यहरुले मतदान गर्न पाउनेछन् । यसपटक अध्यक्ष पदमा नन्द गुरुङ र डा. ज्ञानेन्द्र रेग्मीले उम्मेद्वारी दिएका छन् ।