eNepal

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? यस्तो छ भिसा प्रक्रिया

कंगारुको देश अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको रोजाईमा रहेको छ। हाल कोरोनाका कारण अस्ट्रेलिया पनि बन्दाबन्दिमै रहेको छ। वर्षनी अस्ट्रेलिया विभिन्न भिसामा जानेको संख्या बढ्दो छ। एक दशक यताको कुरा गर्ने हो भने अस्ट्रेलिया जाने नेपाली विधार्थीको संख्या ह्वात्तै बढेको छ। अष्ट्रेलिया जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ। यसैबीच धेरैको सोंच डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने हुन्छ। डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान के-के गर्नुपर्छ त? के कस्ता डकुमेन्टको आवश्यक पर्छ देखि लिएर अनेकौं प्रश्नहरु मनमा खेलिरहेका हुन्छन

‘डेपेन्डेन्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अष्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो– ‘डेपेन्डेन्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन्।

परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ । विवाहित पत्नी होस् या पति जो पहिले अष्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । ‘परिवारका सदस्य मात्रले विद्यार्थी सँगै वा पछि छुट्टै आवेदन दिन सक्छन्, । ‘यो यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्स पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत हो ।’

भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाड सँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ ।

सबै प्रमाण पुर्‍याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनुपर्ने छ ।

विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउँछन् ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349