eNepal

जिलोङ नेपाली समुदाएका ६० जनाले सामुहिक रुपमा लगाए कोभीड बिरुद्धको फाइजर भ्याक्सिन

जिलोङ नेपाली समुदायका स्वास्थ्य सेवामा काम नगर्ने नेपालीहरुलाई कोभीड १९ बिरुद्धको फाइजर भ्याक्सिन लगाएका छन्। गएको शुक्रबार र सोमबार गरेर दुई दिनमा ६० जनाले सो भ्याक्सिन लगाएका हुन्।

टिएलसी प्राथमिक हेरचाहकी जीर्ण रोग ब्यबस्थापन नर्स (Chronic Disease Management Nurse) कृती उप्रेती सुवेदी (आरएन) को पहल र सहकार्यमा सो भ्याक्सिन लगाइएको थियो।

आफुले काम गर्ने ठाउँमा फाइजर भ्याक्सिन उपल्ब्ध भएको र आफ्नै समुदाएका मानिसहरुले यो भ्याक्सिन पाउन् भनेर जिएनएसँगको सहकार्यमा सो भ्याक्सिन दिइएको कृतीले बताइन्। अर्को पटक फेरी फाइजर भ्याक्सिन उपलब्ध हुने भयो भने समुदाएलाई पुनः जानकारी गराउने समेत बताएकी छिन्।

सबै स्वास्थ्य सेवाकर्मीहरूले सजिलैसँग जहाँसुकै पनि कोभिड भ्याक्सिन लिन भिक्टोरियन सरकारले सहज बनाएको बेला अन्य पेशासँग आबद्द नेपालीलाई पनि यो भ्याक्सिन लगाउन व्यबस्थापन गर्नु हुने कृती उप्रेती सुवेदी प्रती बिशेष धन्यबाद दिदै  जिएनएका अध्यक्ष निरज करणजितले आगामी दिनमा यसलाई अझ बढी प्रभावकारी रुपमा अगाडी बढाउने धारणा ब्यक्त गर्नु भएको छ।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal