eNepal

डिपेन्डेन्ट भिसामा अस्ट्रेलीया आउँदै हुनुहुन्छ बिचार गर्नु होस है

आजकाल डिपेन्डेन्ट बनेर अस्ट्रेलीया आउने धेरै छन् या भनौ लहरनै चलेको छ।खास कुरो यसरी आउँदा लगानी पनि दुबैको बराबर पर्ने या भारी धेरै हलुका हुने भएर भरिसक मिलेर आउने चलन ब्यापक छ।बास्तबिक यानिकी रियल जोडी आउँदा त धेरै बाधा ब्यवधानहरु नआई पर्ला तर जसरी पनि अस्ट्रेलीया छिर्ने मनसाय बनाएर रिलको जस्तो नाटक बुनेर आउनेहरुले चाँही सोच्नै पर्ने हुनेछ। एकआपसमा स्वार्थ लुकेको छ भने अस्ट्रेलीयाको जिन्दगी त्यति सजिलो पक्कै छैन।अस्ट्रेलीया छिर्नु मात्रै ठुलो कुरो नसोच्नु होस्।अस्ट्रेलीया छिरे पछि आई पर्ने झमेलाहरु पनि बिचार गर्नु होस्।कन्सल्ट्यान्सीको मिठो र गुलीयो कुरामा फसेर भोली निम्तीने कटु सत्यलाई पनि एकचोटी सोच्नु होस्।के म ठिकनै त गरि रहेको छु? नत्र केही समय पछि त्यहि भिसा टोक्नु न बोक्नुको गड्डीको टोकरी साबीत नहोस्।

कथाहरु बास्तबीक हुन् तर कोही कसैको बास्तबिक जिवनसँग मेल खान गएमा संयोगको रुपमा लिनु होला ताकि यसबाट अव आउने व्यक्तिहरुले केही पाठ सिकुन्।

रमिला १२ कक्षा पड्दै थिईन्।उनको अफिएर थियो एक जना जो सँगै कलेजमा पढ्थे। एकदम मिल्ने साथी। बिहे गर्ने सम्म पुगेका थिए।यत्तिकैमा अस्ट्रेलीया आउने मनसाय भयो। घरमा बा आमालाई अस्ट्रेलीया जाने कुरा गरिन तर एक्लै। आफ्नो साथीको बारेमा ढाकछोप गरेर राखिन्। बा आमाले हुन्छ भनेर कागज पत्र बनाईदिए। अन्ततः भिषा आयो। घरमा केही अतोपत्तो नदिई कन केही दिनको फरकमा दुबै अस्ट्रेलिया आए। शुरुवाती दिनहरु राम्रैसँग चलि रहेको थियो। कामको शिल्शिलामा केटा र केटी फरक ठाउँ बस्नु पर्ने भयो। जसो तसो कलेजको ६ महिनाको फि तिरेर आएकी रमिलालाई अर्को सेमेस्टरको फि कसरी जम्मा गर्ने तनाब भई रहेको थियो।

यत्तिकैमा दुवै बिच खटपट हुन थाल्यो। सँगै बस्ने अनि मिलेर काम गरेर पढाई सक्ने र घरमा बुवा आमालाई भनेर बिहे गर्ने जुन सल्लाह भएको थियो। त्यसको ठिक बिपरीत केटासँग सम्पर्क नहुने, म्यासेजको रिप्लाई नआउने लगाएतको कुरा भए पछि अन्तत: पढाईलाई अघाडी बढाउन नसके पछि फर्केर नेपाल गईन्। केटाले के गर्यो,शायद गैरकानुनी भएर बसेको हुन पर्छ वा अरु बैकल्पिक बाटोहरु अप्नायो।तर रमिला जसले सुन्दर सपना बुनेर एउटा परपुरुषसँग घरमा ढाँटेर आईन् आज उसैले घात गरेपछि त्यत्रो पैसा लगानी गरेर आएको सबै डुब्यो र बिचरा घरको न घाटको अवस्थामा फेरी अर्को भविस्य बनाउने दौडमा लागि परेकी छिन्।

राम अस्ट्रेलीया जाने चक्करमा कन्सल्टेन्सीमा धाई रहन्थ्यो। उसलाई अस्ट्रेलीया जानु थियो तर उसँग मनग्य पैसा थिएन। कन्सल्टेन्सीले एउटी केटी छ पैसा हाल्दिन्छीन् डिपेन्डेन्टमा लैजाउ भन्यो। रामलाई ढुङ्गा खोज्दा देउता मिलेको झै भयो। तुरुन्तै भैई हाल्छ नि बोरु छिटो गर्नु पर्यो भन्दै कन्सल्टेन्सीलाई ताकेता गर्न थाल्यो। दुवैलाई को कस्तो छ, बानी बेहोरासँग मत्लब थिएन।मात्र दुबैलाई केबल अस्ट्रेलिया जानु थियो। राम्ररी पनि नबोलेका ति जोडीको लमी बन्ने देखी कागज पत्र बनाउने काम कन्सल्टेन्सीले गर्दियो। केटीले लगभग सबै पैसा हालिन्। यत्तिकैमा केही समय पछि भिसा लाग्यो। दुबै आए तर सँगै बसेनन्।

केटी आउनुको मुख्य कारण उसको ब्वाई फ्रेन्ड यतै रहेछ। एयरपोर्टबाटनै केटी आफ्नो केटो समाएर गई हालिन्। बिचरा केटोको बिचल्ली भयो। अन्त्यमा चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि भने जस्तो जेनतेन एकजना साथीकोमा मिलेर बस्न थाल्यो। क्रमैसँग दिन बिते।कलेजको फि तिर्ने बेलामा केटीलाई सम्पर्क गर्दा अरुनै केटाले फोन उठाउने अनि सोध्दा नेपाल फर्की सकेको जवाफ पाउँ थियो।पछि बुझ्दै जाँदा त्यो केटीलाई अस्ट्रेलीया आउनु मात्र रहेछ।सबै कागजहरु उसको ब्वाई फ्रेन्डले मिलाई सकेको रहेछ।अनि त्यो ब्वाई फ्रेन्डको माध्यमबाट भिसा परिवर्तन गरेर आनन्दसँग बसेकी रहिछ। केटालाई एक्लै कलेजको फि तिर्न फलामको चिउरा चपाए जस्तो भयो।जसोतसो पढाई सकेर अहिले अस्थाई भिसामा बसिरहेको छ।

अर्कि हुन मन्दिरा,नेपालमा नै अफियर चलेको रहेछ एउटा काठमाण्डौको केटासँग। एकअर्कामा राम्रै सम्बन्ध रहेछ।यसको अर्थ एकले अर्कालाई राम्रोसँग चिनेका रहेछन्। दबैको सल्लाहले अस्ट्रेलीया आउने निधो गरेछन्। केटीलेनै सबै पैसा हालिछीन्। केही समय पछि भिसा आयो। केही दिनको फरकमा दुबै जना अस्ट्रेलीया आए तर फरक गन्तव्य।केटी मेल्बोर्न आईन तर केटा सिड्नी।केटा बिधार्थी रहेछ।सँग बस्ने भनेर आएको केटा एक्कासी अर्को ठाउँ गएपछि केटीलाई एकदम तनाब भयो। शुरु शुरुमा सम्पर्क हुँदा खासै खुलेर कुरागर्न चाहेन केटाले।तर समय बित्दै गएपछि कलेजको फि तिर्न पर्यो भनेर फोन गर्ने मानसिक तनाब दिने, भिसा रद्द गर्दिन्छु भनेर अन्नाहकमा तनाब दिने गर्न थाल्यो।शुरु शुरुमा त डरले अलिअलि सहयोग गर्दै गईन्।तर धेरै तनाब दिए पछि उसँगबा अलग्गीएर केटीले नयाँ भिसा दर्खास्त गरिन्। कम्जोरी नभएकोले कसैको डर र धम्कीबाट बिचल्लित नभईकन आफ्नो लक्क्षमा अडिग भई रहिन्। केही समय पछि उसको नि भीसा लाग्यो।अहिले काम गर्दै पढाईलाई पनि निरन्तरता दिदै गएकी छिन्।

यी त भए केही प्रतिनीधि घटनाहरु जसले सुन्दर सपना बोकेर आउनेहरुको जिन्दगीमा तुसारापात लगाई दिएको छ। केही क्षणको रमाईलो र डलरको लोभमा कोही कसैले आफनो जिन्दगीलाई बर्बाद नगरुन्। बोरु नमिठो खाएर आमा बाबाको छत्रछायाँमा आफुले सकेको ईलम गरेर बस्दानै जिन्दगीमा बहारहरु आउँछन् भे किन सपनाको महल जसको जगनै दरो छैन, बिचमा नै भत्किने लगभग पक्का छ भने किन होमीनु बिदेश। ईलम गर्नलाई जहाँ गरेनि उहि हो। पैसाको लोभ र अरुलाई रवाफ देखाउने होड बाजीमा यो अमुल्य जिवनलाई बर्बादको दलदलमा नफसाउँदा नै उत्तम हुन्छ। सबै नयाँ आउने भाई बहिनीहरुलाई चेतना भया।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349