eNepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने पक्कै हराएको छैन र हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन गरीव दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका तमाम् हाम्रै आँखा अगाडी देखीएका हातहरुले प्रमाणित गरिरहेका छन् । समाजसेवा गर्नलाई मन चाहिन्छ ताकि कुनै पाटीको टिकट वा टिका भन्ने पक्कै होइन।

सामाजिक काममा आ-आफ्ना तर्फबाट हात बढाउन जसले पनि पाउँछ। त्यसको लागि कुनै सङ्गठनको बिल्ला भिर्नु पर्छ। एकअर्कामा पानी बाराबारको राजनिती गर्नै पर्छ भन्ने कदापी छैन। राजिनैतिक बिचारधारा सबैको आआफ्नो हुन्छ।कुनै राजिनैतिक पाटी बिशेष समुह बिशेष र कसैको यस म्यान जस्तो गरी  प्रस्तुत भइ रहन पर्दैन।

मौजुदा नेपाली समुदाएमा थुप्रै त्यस्ता ब्यक्तिहरु हुनुहुन्छ जसले समुदाएलाई आवशयक पर्दा अग्र पङ्तीमा राखेर आफुलाई प्रस्तु गर्ने गर्छन् र समस्याको पहिचान गरि सहयोगी हातहरु आफै बढाउछन्।ती सबै प्रती मेरो नमन छ।

मैले उदाहरणका लागि आझ मेल्बर्न निवासी निराजन गौलीलाई यो लेखमा समाबेश गर्न खोजेको छु।थाहा छैन मैले जो प्रतिनिधीलाई यहाँ समेटेको छु, मैले वहाँको स्वीकृती लिनु पर्थ्यो या पर्दैन यो लेखमा समाबेश गर्न तर समाजले र मैले देखेको कुरालाई एक प्रतिनिधी पात्रको रुपमा मात्र समेट्ने प्रयास हो मैले।

निराजन गौली भलै कुनै राजनैतिक बिचारधारासँग आबद्द हुनुहुन्छ होला त्यो छुट्टै पाटो भयो। सबैको आफ्नो बिचार हुन्छ आफ्नो रोजाई आफ्नै दृस्टिकोण हुन्छ। तर समाजसेवा गर्नलाई कुनै पाटीको झण्डा वा माथीको आदेश कुर्न पर्ने वा पालना गर्नु पर्छ भन्ने कदापी हैन।

गौली अस्ट्रेलीयन नेप्लिज पव्लिक लिङ्कका अध्यक्ष हुनुहुन्छ। पेशाले सिभिल इन्जिनियर रहेका गौली अस्ट्रेलीयाको नेपाली समुदाय माँझ नयाँ नाम पक्कै होइन । सन् २०१४ देखी अस्ट्रेलियाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा  एएनपीएलले सडक तथा पैदल यात्री सुरक्षा, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमहरू मार्फत सामाजिक कार्यमा सक्रिय भएर लाग्नु भएको छ।

यहाँ मैले यो कुरा प्रस्ट पार्नै पर्छ कि मैले कोही व्यक्ति बिशेषको पक्षमा वकालत गरि रहेको छैन तर उनले समुदाएको लागि गरेका कामको भने मुक्त कण्ठले प्रसङ्सा गरेको मात्र हुँ।

कोरोना माहामारीको समयमा पनि निशुल्क  ईनोभेटीभ कार्यक्रम मार्फत बाइक मर्मत सम्भार र प्रशिक्षक प्रशिक्षण (बाइक एड) सम्बन्धी तालीम दिनु, मानसिक स्वास्थ्य प्राथमीक उपचार र वाईट कार्ड सम्बन्धी निशुल्क तालीम दिनु लगाएत मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमका तालिम संचालन गराउनु र समुदाएलाई जानकारी दिनु परिचय बनाउन पक्कै गरेका थिएनन्।

मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत जस्तै हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ। 

हाल अस्ट्रेलीया लगाएत बिश्वका कैयौ देशमा एनआरएनएको चुनावी माहौल छाएको छ। फलानो प्यानल र ढिस्कानो प्यानललाई जिताउनु पर्छ भनेर पुरै सामाजिक सन्जालमा उमेदवारहरु कस्साकस्सीका साथ लागेका छन्। कोरोनाको महामारीले उत्तीकै मानिसलाई आक्रान्त पारेको छ। कोरोनाले भन्दा पनि मानसिक तनाबले मानिसहरुलाई अझ ग्रस्त पार्दै गएको छ।

गफ ठुला ठुला गर्ने नेताहरु, यस्तो गर्छु उस्तो गर्छु भनेर फेसबुकमा कुर्लिदै गर्दा कोरोनाको असर अनि सिड्नी मेल्बर्न लगाएतका राज्यमा भएको लकडाउनले बिशेष गरेर बिधार्थी भाईबहिनीहरुलाई कस्तो प्रभाव पारेको होला भन्ने बिषयमा चुइक्क नबोल्नु बिडम्बनाको बिषय हो। यो गर्छु त्यो गर्ने छु, म चमत्कारी परिबर्तन गर्छु भनेर आफ्ना घोषणा र प्रतिबद्दता पोख्तै गर्दा, पोस्टर र चुनाबमा डलर खर्चिदै गर्दा कमसेकम मेलमिलापको राजनिती गर्दै त्यो पैसा बिधार्थीको लागि खर्च गर्न सके कति लाभदायक हुन्थ्यो होला।अनि के जिते मात्र समाजसेवा गर्ने हो की के? अनि हारियो भने चाँही के!! समाजसेवा भनेको त्यहि हो नेता ज्यु!!

बिषेशत: अध्ययनको शिलशिलामा आएका भाइबहिनीहरुलाई कोरोना माहामारी पछि झन् मानसिक तनाब बढेर गएको छ। यो बेला उनीहरुलाई साथ सहयोग र समर्थनको खाँचो हुन्छ। समाजसेवा आत्मचाहाना हो र आत्मा सन्तुष्टिका लागि मानिसले गर्ने गर्छ। समाजसेवा निस्वार्थ हुनुपर्छ तर आजभोली हरेक क्षेत्रमा स्वार्थीहरुको प्रवेशले समाजसेवा शब्दनै धुलमिलाउन खोजेको भान हुन्छ। समाज सेवा र समाज सेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन् समाज सेवा भित्र स्वार्थ लुकेको हुनु हुँदैन। मैले बुझेको समाजसेवा व्यक्तिगत स्वार्थभन्दा माथी उठेर समाजको सर्वोपरि हितको निम्ती लाग्नु हो। 

नोटः यो लेख मैले व्यक्ति बिशेष, समुह अनि चुनाबमा उठ्दै गरेका उमेदवारीहरुको बिरुद्धमा लेखेको कदापी होईन। मनमा उब्जेका केही कुरालाई तपाईहरु माँझ राखेको मात्र हुँ। सबै सामाजसेवीहरुलाई नमन।

Related posts

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

मेल्बर्नमा लकडाउनका कारण तीजका कार्यक्रम प्राए रद्द, तास्मानीयामा हुँदैछ गज्जबको तयारी

Manoj Poudyal

तीज गीतमा नाँचेको भिडीयो पठाउनु होस्, गज्जबको नगद पुरस्कार हात पार्नुहोस्

Manoj Poudyal

अस्ट्रेलियामा एकै साता तीन नेपालीको दुखद निधन

Manoj Poudyal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

Manoj Poudyal