eNepal

हरि खड्काको नेतृत्वमा एनआरएनए भिक्टोरीयाको कार्यसमिती निर्विरोध चयन (सुचीसहित)

भिक्टोरिया राज्यमा साझा एनआरएन, सबल एनआरएनए नारा अघि सार्दै चुनावमा होमिएका प्रजातान्त्रिक समुहको नेतृत्व निर्विरोध चयन भएको छ।

प्रारम्भिक उम्मेदवार नामावलीमा भएका विवरणहरूका बारेमा दावी, बिरोध, संसोधन प्रस्तावहरू लगायत दर्ता गरिएको उम्मेदवारीफिर्ता लिनुपरेमा मिति २०२१ जुलाई २० तारीख सम्मको समय तोकीएको थियो। तर कसैको दावी, बिरोध नआए पछि भिक्टोरीयानिर्विरोध चयन भएको हो।

भिक्टोरीया राज्यका लागि राज्य संयोजकमा हरि खड्काको मात्र उमेदवारी परेको थियो भने उपसंयोजकमा नारायण कटुवालको मात्रउमेदवारी परेको थियो। त्यस्तै सचीव पदका लागि गणेश कँडेल, सहसचीव पदमा दिपक अधिकारी, कोषाध्यक्षमा हेमराज पौडेलनिर्विरोध चयन हुनु भएको हो। राज्य समिति सदस्यका उम्मेदवारहरुमा जीवन आचार्य, चिरञ्जीवी पोखरेल, गणेश भण्डारी, बिजयदाहाल, प्रिती राना थापा, बवि लामा, समन्यु थापा, कृष्ण बहादुर महरा क्षेत्री, गणेश भण्डारी विजय दाहाल निर्विरोध भएका छन्।त्यस्तै राज्य युवा संयोजकमा मनिष नेपाल उपसंयोजकमा शसेन्द्र केसी, युवा सदस्यहरुमा रन्जीत सापकोटा, मात्रृका खनाल, छवीलाल सापकोटा, बिक्रम तिवारी, गौरव सुनार निर्बिरोध चयन भएका छन्।

नारी निकुण्ज संयोजकमा पारु सापकोटा उपसंयोजकमा राशी सिङ पनि निर्बिरोध भएका छन् भने राज्य महिला सदस्यहरुमाकृष्णकला सापकोटा, कल्पना बस्याल, बिना अधिकारी रेनुका पाठक पनि निर्विरोध भएका हुन्।

एनसिसी सदस्यमा विश्व गौडेल, महेन्द्र साली घिमीरे माधव धानुकपनि निर्विरोध भएका छन्।

यो सँगै एनआरएनए अस्ट्रेलीयाको सदस्य सङ्ख्याको हिसावले सिड्नी पछि सबै भन्दा धेरै सदस्य रहेको भिक्टोरीयाले आगामी२०२१/२०२२ को लागि नेतृत्व पाएको छ।सिड्नीबाट एनआरएनए अस्ट्रेलीयाको सदस्य सङ्ख्या ५७५४ भने भिक्टोरीयाको सदस्यसँख्या २०३३ रहेको छ।

समावेशी समुहसँगको सहमती सहकार्यमै भिक्टोरीया टीम निर्बिरोध हुन सफल भएको बताउदै संयोजक हरी खड्काले भिक्टोरीयीमारहेका सम्पूर्ण नेपाली समुदायलाई एउटै छातामुनि लिएर जाने एउटा राम्रो अवसर प्राप्त भएको बताउनु भएको छ।

फरक फरक विचारधारा भएको हाम्रो समाजमा भिक्टोरीयावासीले देखाएको एकताको भाव, बिश्वास अनि आशा अस्ट्रेलीयन नेपालीडायसपोराको लागि उधाहरणीय सावित भएको जनाउदै आफ्नो टिमलाई जुन स्नेह,विश्वास भरोसा समुदाएले देखाएको त्यस प्रतीआफु अत्यन्तै हर्षित भएको आफ्नो कार्यकालमा निश्चित रुपमा केही राम्रो गर्नु पर्छ भने दृढ अठोट राख्नु भएको छ।

यसले निर्विरोध निर्वाचित राज्य संयोजक हरी खड्का उहाँको टिमप्रति समुदायको धेरै विश्वास अपेक्षा रहेको प्रस्ट देखिन्छ।

राज्य संयोजक हरी खड्का मेल्बर्नका चिरपरिचित सफल रियल स्टेट व्यापारी का साथै बिगत लामो समयबाट समाजीक सेवामा पनिसंलग्न हुनुहुन्छ।उहाँ इपीङ वलर्ट नेपाली समुदाएका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349