eNepal

अस्ट्रेलीयाको नेपाली समुदाए र नेपालमा भैपरि आउने संकटमा सदैव अग्रसर छु: बवीन मिश्र

एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिको युवा संयोजकमा भिक्टोरीया निवासी बवीन मिश्रले उम्मेदवारी दिएका छन्। एनआरएनए अष्ट्रेलियाको आगामी कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनका लागि बवीन मिश्रले आफ्नो उम्मेदवारी दिएको घोषणा गरेको जानकारी दिएका हुन। मिश्रले एनसीसी युथ कोअडीनेटर पदका लागि उम्मेदवारी दर्ता गराएको हुन्। निर्वाचन जुलाई ३१ तारिकमा हुदैछ ।

उम्मेदवारी घोषणा गदै मिश्रले आउदो कार्यकाल २०२१-२०२३ का लागि आफ्ना एजेण्डाहरु र  प्रतिबद्दताका बारे बताउँदै एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने चाहना पुरा गर्नका लागि नेपाली समुदाएको सहयोगको अपेक्षा गरेको बताए । “साझा एनएनआरएनए, सबल एनआरएनए” को नारा सहित होमिएका मिश्र भन्नु हुन्छ यो अभियानलाई थप संस्थागत गर्दै समुदाएका सबैलाई अपनत्व प्रदान गर्ने नै हो । त्यसका लागि सबै मिलेर प्रतिबद्द भएर काम गर्न  उनले आग्रह गरेका छन् ।

मिश्र अस्ट्रेलीयन नेपाली समुदाएमा चिरपरिचीत नाम हो। उनी खेलकुदमा उत्तीकै चासो राख्ने व्यक्तिका रुपमा चिनिन्छन्। यस अघि भिक्टोरीया युथ कोअडीनेटरको रुपमा प्रशंसा बटुली सकेका बवीनले यो पटक एनसिसि युथ कोअडीनेटरको रुपमा प्रतिस्पर्धा गर्दै छन्।

खेल प्रेमी युवा पुस्ताका लागि खेलकुदका कार्यक्रम विशेष गरी टेबल टेनिस प्रतियोगिताको दुई एपिसोड सफलता पुर्वक सम्पन्न गरि सकेका छन्। त्यस्तै युवा बर्ग र यहाँ हुर्किदै गरेको दोश्रो पिढीलाई समेट्ने गरि आर्ट प्रतियोगिता पनि सफलता पूर्बक सम्पन्न गरि सकेका छन्।

कोभिड १९ को महामारी अनि लकडाउनका कारण नेपाल फर्किन नसक्नु भएका अभिभावकहरुलाई यात्राको सहजीकरण तथा सहयोग गर्न पनि मिश्र अग्रसर भएर लागेका थिए। त्सस्तै कोभीड माहामारी पछि बिशेष गरेर अन्तरास्ट्रीय बिधार्थीहरुमा देखिएको मानासिक, शारिरिक र आर्थिक समस्यालाई नजिकबाट नियाल्दै राहत सहयोगमा लागि परेका थिए भने आफु पनि कोभिड १९ को शिकार भएपछि कोभीड सम्बन्धी जागरूकता अभियान चलाएर समाजलाई सकारात्मक सन्देश बाँढेका थिए।

बिदेशमा रहेर आफ्नो घर परिवार अनि ब्यस्त दैनिकीको बाबजुद पनि केही समय छुट्टाएर समाज र समुदाएको लागि केही गर्छु भन्ने भावना जागृत हुनु सब भन्दा ठूलो कुरा हो।आफु कर्म र क्षमतालाई प्रस्तुत गर्नु एनआरएनए उपयुक्त माध्यम रहेको छ। अस्ट्रेलीयाको नेपाली समुदाए र नेपालमा भैपरि आउने संकटमा सदैव अग्रसर रहने बवीन भिक्टोरीयाको नेपाली समुदाए बिच सक्रिय र क्रियाशिल युवाका रुपमा चिरपरिचित छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349