eNepal

पिआरको लागि पोईन्ट्स यसरी पुर्याउन सकिन्छ है अस्ट्रेलीयामा

सामान्य रुपमा अस्ट्रेलीया आउनुको मुख्य कारण आफ्नो पढाई सकिए पछि यहाँको स्थाई बसोबास पाउनुनै हुन्छ।सबैको सपना हुन्छ पिआर पाउने अनि ईस्थाई रुपमा आनन्दले बस्ने।तर यसो भनी रहँदा सबै बिधार्थी पिआरको लागि मात्र पनि आएका हुँदैनन्।कोही उच्च शिक्षा हाँसील गरेर स्वदेश फर्किने गरि पनि आएका हुन्छन्।तर देशको बर्तमान स्थिती,राजनीति खिचातानी, बेरोजगारी बिधार्थीको बड्दो दर अनि अस्तव्यस्त मुलुकलाई सम्झेर बरु यतै बसोबास गरौं न त भन्नेहरु पनि हुन्छन्। यसलाई अन्यथा नलीनु होला तर अक्सर बिधार्थीहरु आउने भनेको अन्त्यमा पढाई पछि पिआरनै मुख्य कारण हुन्छ।

अस्ट्रेलीयामा पिआर पाउन दिनानुदिन गार्हो हुँदै गएको छ।हरेक साल अस्ट्रेलीयन सरकारले आप्रबासीहरुको निम्ती बिभीन्न नियमहरुमा फेरबदल गरि रहेको हुन्छ।दक्ष जनशक्तीको आधारमा दिईने ईस्थाई बसोबासका प्रक्रियाहरुमा पनि हरेक बर्ष जसो फेरबदल गर्दै आएको छ।सोझै भन्नुपर्दा झनै कठिनाई बनाउँदै गएको छ।

अस्ट्रेलीयामा बिशेषत: पढ्न आउने बिषयहरु पिआरको सुचीमा छ कि छैन त्यो बुझ्नु प्रमुख हुन्छ।यसको लागी अस्ट्रेलीयाको जेनेरल स्किल्ड माग्रेसन सम्बन्धि वेभ साईटमा गएर कुन कुन बिषय हरुलाई पिआरको सुचीमा राखेको छ प्रस्टसँग हेर्न मिल्छ।अस्ट्रेलीयामा पिआर पाउन ध्यान दिन पर्ने मुख्य कुराहरु यस प्रकार रहेका छन्
अस्ट्रलीयामा पढाई सकेपछि सोझै पिआर पाईन्न।त्यसको लागि EOI (Expression of Interest) को आबेदन हाल्न पर्ने हुन्छ।

https://www.border.gov.au/Lega/Lega/Form/Immi-FAQs/what-is-an-expression-of-interest

बिशेष गरेर नेपालीहरु अक्सर आउने बिषयहरु लेखा (accounting) र ईनफर्मेसन् टेक्नोलोजी मुख्य रुपमा रहेका छन्। यसका अलाबा नर्सीङ, ईन्जीनियरईङ, हस्पिटालीटी लगाएतका बिषयहरुमा पनि बिधार्थीहरु आउने गरेको पाईएको छ।
EOI हाले पछि पोईन्ट्सका आधारमा पिआरको लागि बाटो खुल्ने गर्दछ।यदी तपाईसँग धेरै पोईन्ट्स छ भने तपाईले त्यो निमन्त्रणा चाँडैनै पाउनु हुन्छ।हरेक बर्ष अस्ट्रेलीयन सरकारले कुन बिषयबाट कति दक्ष जनशक्ती छान्ने भनेर तथ्याङ्क निकालेको हुन्छ।त्यही अनुसार महिनाको दुई चोटी पिआरको लागि निम्तो दिने गर्दछ।

यी आठ बिषयहरुलाई भने औसत पोईन्टस (६०)भन्दा बढि पोईन्टस अनि प्रो-राटाको आधारमा पिआरको निम्तो दिने गरेको छ जसको मारमा प्राय सबै बिधार्थीहरु पर्ने गरेका छन्।ति आठ बिषयहरु नर्सीङ, एकाउन्टेन्ट्स, लेखा परिक्षक, लेखापाल(Auditors, Company Secretaries and Corporate Treasurers), व्यबस्था बिश्लेषक(ICT Business and System Analysts),सफ्टवेर र एप्लिकेसन प्रोग्रामर, कम्प्युटर नेटवर्क प्रोफेसनल, ईलेक्ट्रोनीक्स ईन्जीनियरिङ र औधोगीक, मेसीन सम्बन्धी र उत्पादन सम्वन्धी प्रोडक्सन ईन्जिनीयर रहेका छन्।

एकाउन्टीङ र आईटीबाट पिआर ल्याउनलाई गएको साललाई सर्सर्ती हेर्ने हो भने ६० र ६५ पोईन्टसबाटा कसैको पनि ईन्भिटेसन आएको देखिन्न।त्यसैले कम्तिमा ७० पोईन्ट्स पुर्याउनै पर्छ।जुन ईन्डिपेन्डेन् स्किल्ड अन्तर्गत दिने १८९ सबक्लासको स्थाई भिषाको लागि ७० पोईन्ट्समा पनि कम्ति ८ महिना कुर्न पर्ने अवस्था आएको छ।अव कदम्कदाचित यो बर्षको भन्दा बढि कोटा बढाएको खण्डमा केही राहत त होला अन्यथा जतीबढि पोईन्ट्स त्यती बढि पिआर पाउने सम्भावना देखिन्छ।पोईन्ट्स बढाउने एउटा अचुक उपाय भनेको आफ्नो अङ्ग्रजी लेभलनै हो।

तपाईले EOI हाल्दा चाहिने पोईन्ट्स भनेको ६० हो। अब ६० पोईन्टस् कसरी ल्याउन सकिन्छ भने तपाईको उमेर समुहबाट ३० पोईन्ट्स सम्म ल्याउन सकिन्छ। २५ बर्ष भन्दा कम वा ३२ कटि सक्नू भएको छ भने २५ पोईन्ट्स आउँछ तर २५ भन्दा माथी अनि ३२ बर्ष भन्दा कम हुनु हुन्छ भने ३० पोईन्ट्स आउँछ।त्यस्तै अस्ट्रैलीयाको कुनै डिग्री सक्नु भएको छ भने १५ पोईन्ट्स आउँछ अनि अस्ट्रेलीया दुई बर्ष बिताए बापत ५ पोईन्ट्स आउँछ।

यसरि हेर्दा हामी सबैसँग डिग्री सकिदाँ ५० पोईन्ट्स हुन्छ।अब आईएलटीएस् वा पिटीईमा जती बढी स्कोर ल्यायो त्यति पोईन्ट्स बढ्छ।जस्तै सबै बेन्डमा ७ आयो भने १० पोईन्ट्स, ८ आयो भने २० पोईन्ट्स आदी।

अब आजको प्रतीस्पर्दात्मक समयमा आफुलाई बलियो कसरी बनाउने र कसरी सके सम्म बडि पोईन्टस ल्याउने त्यो बुझ्नु पर्छ।यसको लागि अङ्गेजीमा स्कोर कसरी बढाउन सकिन्छ त्यसमा मेहीनेत गर्ने।आजकाल आईएलटिएसका अलाबा अरु धेरै अङ्गेजी नापन गर्ने तरीकाहरु अस्ट्रेलीयीन सरकारले स्वीकारेको छ जस मध्य पिटीई एकेडेमीक नेपालीहरु माँझ निकै लोकप्रीय रहेको छ। यसबाट आफुले चाहेको अङ्क ल्याउन सजिलो हुने भएकोले प्राय बिधार्थीहरुले यसलाई चुन्ने गरेका छन्।अर्को कुरो यसको नतीजाको लागी आईएलटिएस् जस्तो दुई हप्ता सम्म कुरी राख्नु पर्दैन। यसको नतिजा उस्तै भए एकै दिन वा बडीमा पाँच दिनमा आउने गर्दछ।

http://www.visabureau.com/australia/immigration-points-test.aspx

अर्को कुरो हो आफ्नो योग्यता अनुसारको आफ्नै बिषयमा काम खोज्ने।आफ्नो योग्यता अनुसारको काम खोज्न भने निकै गार्हो छ तर निरन्तर मेहीनेत, परिश्रम र दृड सङ्कल्प राखेमा नपाईने भन्ने चाँही हुँदैन। राम्रा र ठुला कम्पनीहरुले स्वेमसेबकका रुपमा परिक्षण दिने चलन छ।आफुले बुझेर दर्खास्त दिदाँ पनि हुन्छ।यो बुझ्न जरुरी छ शुरुमा छिर्न मात्र गार्हो हुन्छ तर त्यहाँको अनुभवले थप सहयोग गर्छ र भोलीका दिनमा अरु कम्पनीमा दर्खास्त दिदाँ त्यसको अनुभवलाई बढि प्राथमिकता दिने हुन्छ जसबाट तपाईले रोजेको अनि खोजेको काम पाईन्ने सम्भावना बढि हुन्छ।

अर्को उपाय भनेको स्टेट नोमीनेसन जहाँबाट ५ पोईन्ट छुट्टै आउँछ।यसको लागि कम जनसँख्या भएको ठाउँ जो सिड्नी, मेल्बोर्न, ब्रिसबेनका मुख्य शहर देखी बाहेकका ठाउँमा गएर पढ्न पर्ने हुन्छ।यो एउटा अचुक उपाय हो जसबाट पिआर पाईने आश बढि हुन सक्छ।सरकारले छुट्याएको जुन पिआरको कोटा हुन्छ त्यो स्टेटमा लागु हुँदैन।थोरै कोटामा परेका बिषयहरु लिनेको लागि स्टेट नोमईनेसन राम्रो उपायपनि हुन सक्छ।स्टेटले पोईन्ट्स प्रक्रियामा ५ देखी १० पोईन्ट्स सम्म दिने गर्दछ।

प्रोफेसनल कोर्ष गर्ने लगाएत NAATI नेपाल अङ्गेजी अनुबादकको परिक्षा जसमा पास हुन सके थप ५ पोईन्ट्स आउँछ।

त्यसको अलबा आफ्नो पाट्नरले सम्बन्धित बिषयमा स्नात्कोत्तर वा सो सरह गरेको छ भने ५ पोईन्ट्स आउँछ। त्यसको लागि सम्बन्धीत बिषयको बोर्डबाट ईजाजत लिन पर्ने हुन्छ।जस्तै एकाउन्टेन्ट पढेको भए CPA(Certified Practising Accountants), IPA(Institute of Public accountants) आदिबाट पास गराउनु पर्ने हुन्छ।त्यस्तै बिभीन्न बिषयको आआफ्नै बोर्ड हुन्छन् तिबाट प्रमाणपत्रलाई प्रमाणीकरण गर्नु पर्ने हुन्छ।

समग्रमा भन्नु पर्दा अस्ट्रेलीयाको पिआर लिने प्रक्रीयामा केही गार्हो बनाएकै हो तर आफुले समयमानै बृस्तृत रुपमा गम्भीर भएर बुझेर पाईला चालेमा नपाईने भन्ने चाँही छैन।यसको लागि बुझेर राम्रो र भरपर्दो परामर्स दाताहरुसँग बेलैमा परामर्स लिएर पाईला चालेमा अन्त्यमा गएर पछुताउनु नपर्ने हुन्छ र सहज र सजिलो तरीकाबाट पिआर हात पर्न जान्छ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349