eNepal

अन्यौलताका बिच झाँगीएको साईला र साईलीहरुको अस्ट्रेलीयन मायाँ

पिर नगर साईली तिमी एक्लै भएर कम्सेकम आश त राखेकी छौ कि चालिसेले छोए पछि रमाईलो गर्ने।तर यता अस्ट्रेलीया अमेरीका र युरोपमा सँगै भएका साईला साईलीले त खै कहिले हो रमाईलो गर्ने अन्यौलता छ।सँगै भएर पनि एकैठाउँ भएको आभास हुँदैन यो बिरानो शहरमा।बरु तिम्रा साईला त कतार गएका कम्सेकम बर्षे बिदा निकालेर तिमीसँग रमाईलो गर्न ताता व्लाङ्केट तिमीलाई मोतीका माला अनि लालाबालालाई केही चकलेट लिएर महिना दिन भएनी भेट्न आउँछन्।गाउँ घरको स्थिती बुझ्छन्।बा आमालाई मिले सम्म चारधाम घुमाउँछन्।

यता म त बा आमासँग फोनमा कुरा गर्ननि भ्याउँदिन।गोजीमा भुर्भुर फोन गर्छ तर मनलाई गाँठो पारेर काममा व्यस्त हुन्छु।साईलीसँगै छे भन्ने त बहाना मात्र हो।रमाईलो त हामीले गर्न बिर्सेयौ जस्तो भान हुन्छ।यो व्यस्त जिन्दगीमा यति हतार हुन्छ कि के छ साईली, आज त थाक्यौ होला है भन्ने पनि फुर्सद हुँदैन।कहिले काँही त दुई दिन भईसक्छ नाक मुख देखिन्न।मात्र एउटा फोनले हाम्रो रमाईलो साटासाट गर्दिन्छ।त्यो पनि ब्रेक टाईममा।

के गर्नु जिन्दगीका पानाहरु पल्टाउँदै जाँदा हामी भित्रका ईच्छा र आकाङ्छ्याहरु असिमीत रुपमा बढ्दै जान्छन्।साईला र साईली लाउँलाउँ खाउँ खाउँ भन्ने बेलामा पहाडे कागजमा औंठा छाप लगाएर सुन्दर र रमणीय भविस्यलाई मनबाट कोर्दै बिदेसीन्छन्।

बिधार्थी बेलामा कलेजको पैसा, घर खर्च अनि साहुको ऋृण तिर्दैमा बित्छ।कति खेर हप्ता अनि महिना बित्छ पत्तै पाईन्न।न त पैसोको मुख देख्न पाईन्छ। आको पैसा कता बिलाउँछ कता।कहिले काँही टिकट काउन्टरमा गएर पैसो हाल्न खोज्दा डिक्लाईन हुन्छ।रासन पसलमा गएर चामल किनेर काड सुँगाउन खोज्दा, मननै ढर्मर हुन्छ।कतै रिजेक्ट पो हुन्छ कि भन्दै।

हतार हतार साईलीलाई फोन गर्यो काडमा त पैसा रहेन रहेछ भनेर।हाँस्दै जवाफ दिन्छीन हो र साईला आज अलिकती किनमेल गरेको थिएँ। पैसा लान बिर्सेछु अनि त्यहि काड घोट्नु पर्यो।

जोई पोईको भेट हुँदैन किनकी काम गर्ने समयनै त्यस्तै पर्दिन्छ। साईलाको दिउँसो हुँदा, साईलीको राती।फ्रिजमा चिट राखेर दाल फ्रिजमा छ, मिल्यो भने मासु पकाउनु।अनि खाएर सुत्नु।मोबाईल र फ्रीजले मध्यस्त कर्ताको काम गरेको हुन्छ।

कलेज सकिएसँगै आफ्नो लाईफ स्टाईलमा पनि केही परिबर्तन हुँदै जान्छ।दुई सय डलरले घर खर्च टरेको थियो भने अब चार सय खर्च हुन्छ।मिलेर साथीहरुसँग बस्दा बस्दै छुट्टै आफै बस्न मन लाग्छ।भाडा ठिक दोब्वर हुन्छ।कमाई बड्दैन तर आफु भित्र कुण्ठीत भएर रहेका रहरहरु एक्कासी बढ्न थाल्छ।अरुलाई देखाउन होस या आफ्नो सौख।

पुरानो गाडी चढेर साथीकोमा जान लाज लाख्छ अनि एकचोटी फेसबुकमा आएको कपडा लाएर अर्को पाटीमा सामेल हुँदा कस्तो दरिद्र रहेछन् यसको त लुगा पनि त्यहि एक जोर रहेछ भन्छन् भनेर मनगणन्ते सोचमा सामाजीक बहिस्कारको भुतले हरेक हप्ता जसो सन्दुकमा बिभीन्न डिजाईनका कपडाहरु बटुल्दा बटुल्दा घुँडाको हड्डी खिई रहन्छ।उमेरले नेटो काटेको पत्तै पाईन्न।

काम काम अनि मात्र काममा दौडीदा दौडीदा कतिको बर्खर टुसा पलाउँदै गरेको मायाँमा कुठाराघात लाग्छ।मायाँको सागरमा तैरन नपाउँदै छालरुपी बाधा र अड्चन आउन थाल्छ अनि बिचैमा तुहिन्छन् साईला र साईलीको बिलासीताको झाङ्मा फैलीएको देखावटी मायाँका तरङ्गहरु।

बरु किननै न होस चर्को मुल्य अनि महङ्गो ब्याजमा बिलासीतामा रम्न बानी परेकाहरु अझ काँधमा ऋृणका भारी थप्न लाचार हुन्छन्।त्यहि ऋृणको तनाबमा मान्छेले परिवारलाई परको कुरा आफ्नै मान्छेलाई बिर्सदै गएको भान हुन्छ।

यसो रमाईलो गरौ न त भनेर योजना के बनाएको हुन्छ आउँदो महिनाको तिर्न पर्ने किस्ताले मनका उब्जिएका रसरङ्गहरु त्यसै छताछुल्ल हुन्छन्।न त सँगै रमाईलो गर्नलाई साईला र साईलीको छुट्टीनै मिल्छ।झन् भयानक र भयाबह छ ठुला देशमा भासीएका साईला साईलीका कथा।

बरु कतार गएको साईलाले आफ्नो ऋृण तिरेर केही रकम जम्मा गरेर साईलीलाई चालिसेले छोए पछि रमाईलो गर्ला तर ठुला देश गएकाहरु त चालीसेले छुँदा सम्म कामले खाएर रमाईलो त दुरको कुरा ढाड दुख्ने रोग देखी डाईबेटीज अनि डिप्रेसनका शिकार हुन बेर लाग्दैन।

कति साईला साईलीहरु त सँगै दुःख अनि सुख गरौला अनि मिलेर कलेज फि जुटाएर पढाई भ्याएर रमाईलो जिन्दगी बिताउँला भन्ने बाचा गरेर आएकाहरु पनि राता रात सर्पले काँचुली फेरे जस्तो आफ्नो बानी ब्यवहारमा अनाएसै परिबर्तन गरेर आफ्नो भविस्यलाई घरको न घाटको दोसाँधमा राख्न बिवस छन्।

यस्तै हो प्राय सबैको कथा अनि ब्यथा।आखिरी बिदेश आएर पनि पारिवारीक सुःख अमन चैन रमझम नहुँदो हो त के गर्नु त्यो बिलाशीताका साधनले।न टोक्न मिल्ने न चाट्न मिल्ने।

बरु सँगै बसेर जे छ मिठो मसिनो खाने त्यो गाउँका साईला दाई र साईली भाउजुले हामी भन्दा हजारौ गुणा ऐश आराम पाएका छन्।दिन भरि आफुले सकेका दस नङ्ग्रा खियाएर साँझ भुलुक्क पिठो उमालेरसँगै खाने ति काका र काकीलाई न ऋृणको तनाब छ न बिछोडको पिडा।फेरी उही गीत बज्छ
सुन साईली सुन साईली चालीस कटे पछी बृद्ध आश्रम जाउँला,
सुन साईली साईली कमाएको जति ट्रस्टलाई बुझाउँला
सुन साईली साईली व्हिल चिएरमा हामी भुरुरु
सम्झी कहिल्यै नरुनु
सुन साईली सुन साईली

मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal