अष्ट्रेलियासंगको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट पनि वेस्ट इन्डिजले विजय हासिलो गरेको छ। यससँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज ४-१ ले जितेको छ ।
सेन्ट लुसियामा शनिबार बिहान वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।
त्यस्तै पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेस्ट इण्डिजका इभन लेविसले सबैभन्दा धेरै ७९ रन बनाए । अष्ट्रेलियाका एन्ड्रयु टाइले तीन तथा मिचेल मार्स र एडम जाम्पाले दुई/दुई विकेट लिए। वेस्ट इण्डिज पहिलो खेलमा १८ रन, दोस्रो खेलमा ५६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । चौथो खेलमा अष्ट्रेलिया ४ रनले विजयी भएको थियो।