eNepal

प्रवासी नेपाली विधार्थी संगठन अस्ट्रेलियाको केन्द्रिय कमिटी विस्तार

प्रवासी नेपाली विधार्थी संगठन अस्ट्रेलियाको केन्द्रिय कमिटी विस्तार भएको छ। भर्चुअल बैठकमा सम्पन्न उक्त कार्यक्रमको  प्रमुख अतिथिमा न्यू साउथ वेल्स राज्यका महावाणिज्यदुत दिपक खड्का र कार्यक्रमको अध्यक्षता सम्राट ओलीले गर्नु भएको थियो। बैठकले केन्द्रीय अध्यक्षमा सम्राट ओली, उपाध्यक्षमा  बिवेक महरा र सागर पाठक, सचिवमा अनीश ढकाल र कोषाध्यक्षमा गगन केसी साथै प्रवक्तामा किशोर बिस्टलाई चयन गरेको हो ।

बैठकले विभिन्न राज्यका लागि राज्यसंयोजक समेत चयन गरेको छ।  जसमा न्यू साउथ वेल्स राज्यका लागी सागर भूर्तेल साथै महिला संयोजकमा चन्द्रा गिरी ,भिक्टोरियाका लागी सीद श्रेस्ठ, तासमानियाको लागी विकास खरेल, साउथ अस्ट्रेलियाका लागी उमेश गिरी र एसिटीका लागी सूजन न्यौपानेलाइ राज्य कमिटी संयोजक चयन गरेको छ। यस्तै बाकी रहेका राज्यहरुमा पनि छिट्टै चयन गर्ने तयारी रहेको बताइएको छ। अन्य जो कोही पनि संगठनमा जोडिन  इच्छुक विधार्थीहरूले सम्पर्क गर्न सक्ने समेत अनुरोध गरिएको छ। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दीपक खड्काले नयाँ मनोनीत पदाधिकारी, राज्य कमिटीका संयोजक र सदस्यहरूलाइ बधाई दिदै आगामी कार्यकालको शुभकामना सहित संगठनले विधार्थीको हरेक मनोभावना बुझेर अगाडी बढनुपर्ने र रचनात्मक साथै दुखमा संगठन छ भन्ने भान आम विधार्थी र जनमानसमा पार्नु पर्ने हून्छ, साथै समाजसेवामा लाग्न प्रेरित गर्दै युवाहरूमा नयाँ सोच र देशप्रतीको मायाँ अनी आफ्नो व्यक्तित्व बिकास संगै अध्ययनलाई समेत ख्याल गरी लाग्नु हुन सबैमा अनुरोध गर्नु भएको थियो। 

साथै कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुँगले संगठनले हाल सम्म गरेको कामको खुलेर प्रशंसा गर्दै आगामी दिनहरुमा समेत सदैब हातेमालो गर्दै अगाडी बढने प्रतिवद्दता व्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो।  त्यस्तै एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुँगले संगठनले राजनीतिक भंदा बिशुद्द बिध्यार्थीहरुको आवाज बोल्नुपर्ने  र समाजलाइ अगाडी बढाउन युवा बिध्यार्थीको ठुलो भूमिका हुने हुदा बिचार गरेर अघी बढ्न सुझाव दिदै सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो  । कार्यक्रमको अध्यक्षता गर्दै सम्राट ओलीले सम्पूर्णमा धन्यवाद दिदै सबैको साथ र सहयोगले आफू थप अगाडी बढन प्रेरित रहेको कुरा बताउनु भएको थियो ।

४५ जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा आठ ओटै राज्यबाट बिध्यार्थीहरू लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।  बैठकमा एनआरएनए अस्ट्रेलियाबाट उपाध्यक्ष देब गुरुँग, प्रवक्ता नन्दा गुरुँग र  तीर्थ कार्कीको उपस्थिति रहेको थियो । त्यसैगरी, बैठकमा नेपाली समाज अस्ट्रेलियाका महासचिब संतोष आचार्य, एनपीएल अस्ट्रेलियाका अध्यक्ष निराजन गौली, डा. रितेश चिमोरिया, अनिल पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349