eNepal

हरियो चुरा र मेहेन्दी बन्यो फेसन!

सुदिप चापागाईं(देव),

चितवन, साउन-१। साउन महिना अर्थात् हरियो चुरा र मेहेन्दीको मौसम। साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ । प्राकृतिक रुपमा पनि हरियो महिना हो, ‘साउन’ ।

विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहन्दी लगाउँछन । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र अविवाहित युवतीका लागि समेत फेसन जस्तो भएको छ ।

जानकारहरूका अनुसार पहिले गाउँघरमा मेहन्दी पाउन कठिन हुन्थ्यो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले घर आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ । साउनमा हरियो चुरा/मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ। तर पछिल्लो समय धार्मिक आस्थाको आधारमा मात्र नभई देखासिकीका रुपमा पनि चुरा/मेहन्दी लगाइएको कतिपयको बुझाइ छ।

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्यभन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

त्यस्तै साउन महिनामा माता पार्वतीले आफ्ना पति भगवान शिवलाई खुसी बनाउन र सौभाग्य प्राप्त गर्नका लागि हरिया चुरा, पोते तथा हातमा मेहेन्दी लगाएको भनेर हिन्दू धर्मग्रन्थमा लेखिएको छ ।

मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पुर्याउदैनन् ।साथै चुरा लगाउँदा पनि यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुस्टि पनि गरेका छन् ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349