भिक्टोरिया, अस्ट्रेलिया। शुक्रबार मध्यरातसम्मको २४ घन्टे गणना अवधिभर भिक्टोरियामा थप १० जना नयाँ कोरोना संक्रमित भेटिएका छन।
आज शुक्रबार थपिएका ६ नयाँ कोरोना संक्रमित र हिजो बिहिबार थपिएका ४ सहित गरेर भिक्टोरियामा कुल १० जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै भिक्टोरिया राज्यमा सक्रिय संक्रमितको संख्या ३६ रहेको छ।
प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७ हजार १ सय ८८ जनालाई खोप लागाईएको थियो भने हाल सम्म खोप लगाउनेको संख्या १३ लाख ४६ हजार ५२ रहेको छ।