eNepal

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुँदैछन्। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्तको परमादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन्।

देउवाले मंगलबार साँझ पाँच बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ। यसका लागि सबै तयारी पूरा भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णय ‘असंवैधानिक’ ठहर गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो।

प्रतिनिधिसभाका १४६ जना सांसदले हस्ताक्षरसहित देउवालाई प्रधानमन्‍त्री नियुक्तिका लागि परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। देउवा पक्षमा बहुमत देखिएकाले देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न अदालतले आदेश दिएको हो। संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्‍त्रीमा नियुक्त हुन लागेका हुन्।

सर्वोच्चले देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। अदालतले पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन श्रावण ३ गते आइतबार अपरान्ह ५ बजेभित्री प्रारम्भ हुनेगरी बैठक बस्ने व्यवस्था तत्काल मिलाउन परमादेश जारी गरेको छ।  

त्यस्तै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन्। खाँडले अहिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा सपथ लिएलगत्तै गृहमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ । त्यस्तै कानुन मन्त्री ज्ञानेन्द्र कार्की, अर्थमा जनार्दन शर्मा र उर्जामा पम्पा भुसाल लगभग पक्का भएको छ। 

Related posts

विनर सर्कल ग्रुपले “एन्जल अफ लाइफ” प्रोजेक्ट मार्फत बालबालिकाको उपचारर्थ आर्थिक सहयोग

Manoj Poudyal

आफूलाई आक्रमण गर्न खोज्ने युवालाई मुद्दा नचलाउन मेयरको अनुरोध

Manoj Poudyal

२८ बुँदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणीलाई योगेश भट्टराईबाट एक लाख सहयोग

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal