आजकाल अस्ट्रेलीया आउने बिधार्थीको सङ्ख्या ह्वात्त बढेको छ।सबैले बुझेको कुरो अस्ट्रेलीयामा काम नगरी बाँच्न धेरै गार्हो छ।कामको चपेटा रमाईलोकोलागि छुट्याईको समय अनि कलेज जानु पर्ने बाध्यता।बार्ह हप्ता देखी चौध हप्ताको सेमेस्टर यसरि बित्छ कि लाग्छ कि म साँच्चै पढिरहेको छु या काम मात्र गर्दैछु।
के म साँच्चै पढ्नै आएको हो कि काम मात्र गर्नलाई आएको।४ हप्तामा हुने परिक्षा अनि असाईनमेन्टको तयारी र १४औ हप्तामा हुने अन्तिम परिक्षा।कलेजको फि बुझाएको हुँदैन।किस्ताबन्दीमा साथीभाईहरुसँग सापट मागेर के पहिलो फिको किस्ता बुझाएको हुन्छ परिक्षाको मिती प्रकाशित भई सकेको हुन्छ।
पढाएको राम्रोसँग बुझिएको हुन्न मिड ट्रम आउँछ।अलिअलि छ्न्याक छुनुक टपिकहरु हाईलाईट गरेको मात्र हुन्छ असाईन्मेन्टको मिती निस्कन्छ।पढाएको बुझ्या भएपो असाईन्मेन्ट गर्ननि सकिन्छ।काम गरेर उब्रेको समय च्याट र फेसबुक अनि साथी भाई र प्रेमी र प्रेमीकालाई दिन त हम्मे हम्मे परेको बेला कोसँग हुन्छ र समय असाईन्मेन्टको लागि।समुहमा दिएको असाईन्मेन्ट छ भने ए त्यसले गरिहाल्छ नि भन्यो ए त्यसले गरिहाल्छ नि भन्यो एकले अर्काको आश गर्यो।जब बुझाउने अन्तिम समय आउँछ अनि फोन गर्यो। ओही तैले गरिस।ओई तैले गरिस्।दुबैको उत्तर आउँछ छैन यार टाईमनै मिलेन।अनि हतार हतार कलेजमा हुन्छ कि घरमा समय मिलाएर जम्मा भयो।असाईन्मेन्टको न टाउको बुझेको हुन्छ न पुच्छर।फेरी कपी पेस्ट गर्न पनि पाईन्न।कपि पेस्ट गरेको असाईन्मेन्ट मान्य हुँदैन।आफ्नै दिमागले किताब अनि बिभीन्न वेभसाईटहरुको मद्दतले गर्न पर्ने हुन्छ।अनि साईटेसन वा भनौ यदि कुनै कुरा काँहिबाट लिएको हो भने बकैदा कहाँबाट कहिले र कसले लेखेको हो अनिबार्य रुपमा जनाउनै पर्छ।अन्यथा फेल हुने सम्भावना पनि प्रबल हुन्छ।
फेरी अर्को कुरो असाईन्मेन्टले सेमेस्टर पास हुनुमा मख्य भुमीका पनि खेलेको हुन्छ। त्यसै छोड्ने कुरो पनि आउँदैन।अनि सुरु हुन्छ कहाँबाट कसरि हुन्छ खुरापातीको दिमाग लगाउने।
आजकाल बजारमा असाईन्मेन्ट गरिदीएर पैसा लिनेहरुपनि ब्यापक रुपमा रहेका छन्।कार्ड घोटेको भरमा आफुले भनेको असाईन्मेन्ट गरिदीन्छन् जुन कुरा बैधानीक पक्कै होईन।पहिलो कुरो यो बुझ्न पर्यो हामी पढ्न आएका हौ।कमसेकम केही समय आफ्नो पढाईलाई छुट्याउनै पर्यो।भोली गुदी बिनाको खोक्रा कागजका प्रमाणपत्रले तपाईलाई के फाईदा हुन्छ होला र!
अर्को कुरो कति पढ्या भनेर कसैले सोध्दा डिग्री भनेर आफु चाँहि फिक्का र कमसल हुँदा आफैलाई कति नमज्जा लाग्ला।डिग्री सकेर सँधै भाँडानै मात्र हानेर पनि के तपाईले आफ्नो पढाई अनि डिग्री र लगानीको निसाफ दिनु भयो त!आफुले आफैलाई प्रश्न गर्दा नि शिर निहुरिने कुरो।यदि कदमकदाचीत नेपाल फर्किनु भयो भने पनि कमसेकम फलानो बिषयमा डिग्री गरेको छु र यो यो कुरा मलाई आउँछ भन्नु भयो भने यहाँ कमाए जति नकमाए पनि राम्रै जागीर नेपालमा पनि नपाईने होईन।अनि किन नगर्ने मेहिनेत।एकचोटी गम्भीर भएर सोचौ त आखिरी पढेको कसको लागि।के सधै भाँडा वा सरसफाई मात्र गरेर जिवीका चल्छ र!
किन सपना नदेख्ने भोली आफुले पढेको बिषयको जागीर खाने।के नेपालीहरु आफ्नो पढाई अनि आफ्नो रुचीका सम्बन्धित बिषयमा काम गर्दै छैनन्।एकचोटी बुझ्नु होस्।बैकमा म्यानेजर र एकाउन्टेन्ट नेपाली छन्।हस्पिटलमा डाक्टर र नर्स नेपाली छन्।ठुला ठुला कम्पनीका मुख्य ओधामा नेपालीनै छन्।बिभीन्न कम्पनीमा आईटी अफिसरहरु नेपालीछन्।नेपालीहरु ईन्जिनीयरर आभरसियर भएर रज्गज गरेका छन्।के म बन्दिन होला र!अवस्य बनिन्छ मात्र हरेक कुरालाई केही समय छुट्याउन पर्छ।सफलता नजिक छ।
http://www.theaustralian.com.au/higher-education/overseas-student-loses-appeal-over-plagiarism-ruling/news-story/e254773faee87a45972af91082c767f9
अन्त्यमा असाईन्मेन्ट चोर्नु वा अरुको सार्नु वा किन्नु अबैधानिक हो अस्ट्रलीयामा।दिन दसा भनेको बाजा बजाएर कहिल्यै आउँदैन।दिन बिग्रेको छ भने त्यहि असाईन्मेन्ट चोरेको वा किनेको आधारमा डिपोट पनि होईन्छ।कतै समाचारहरु सुन्नु पनि भएको होला डिपोटको।बेलैमा होसीयार भएर आफ्नो अति व्यस्त रहेको दिमागलाई केही क्षण भए पनि छुट्याएर यसो असाईनमेन्ट आफै गर्ने अनि आफ्ना साथीसँग फुर्सदमा बसेर छलफल गर्दा केही बिग्रनेवाला चाँहि हुँदैन है। भोली झ्या भनेर जिन्दगी भरि पुर्पुरोमा हात राखेर पछुताउनु भन्दा बोरु आजैबाट सबै सजग हुनु सबैलाई फाईदा हुन्छ।